धुमिल आकृति

धुमिल आकृति

तिम्राे हेराई अाजकाल
माेनालिसाकाे झै
लाग्न थालेकाे छ

त्याे हेराइमा
अतृप्तहरुमा तृप्तहरुकाे उचाई
अपूर्णहरुमा पूर्णहरुकाे खाेजी
अनर्थहरुमा अर्थहरुकाे बाटाे
याे युग देखि
अनन्त अनन्त युग सम्म
इतिहासहरुमा अनुबाद
भइरहनेछन्

सायद बर्षहरु ऋतुहरु
दिन र रातहरुत घुमीरहकै छन्

सहनै नसकिने चाेटहरु पनि छन्
सुन्दरताहरु पनि
खाेट लागेर नामेट भएका छन्
अभाबहरुमा
अभाब पनि बिदिर्ण भएका छन्

प्रश्नहरुत अझै जीबितनै छन्

किन फेरि अर्काे बुद्ध जन्मिदैन?
किन फेरि अर्काे गान्धी जन्मिदैन?
किन फेरि अर्काे माेनालिसा जन्मिदैन?

तर अाज म
धमपुछकाे अाकृतिझै
एकलासमा एकतमासले
म तिम्राे
त्यहि हेराइकाे धूमिल
अाकृति हेरिरहेछु

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार