नविन गाउँलेको तिन छोटा कविता

नविन गाउँलेको तिन छोटा कविता

तेस्रो बिश्व युद्ध

नागासाकिमा उभिएको लाचार
रात्रीकालीन त्यो नाँच
पुनः हिरोसिमा नाचिरहेछ

क्रङ्क्रिडमा बाधिएको आणबिक
चिहाउदै सुसाउछ
सम्मोहन ग्रस्त चिच्याहटको
उहि शहरहरू र च्याम्बरहरूमा
एरुदुःखी मानब
भन केछ त्यस्तो योजना

दृष्टि दोष

मैले दुधलाई दुध भने
पानीलाई पानी भने
सेतोलाई सेतो भने

उनिहरू भन्छन्

दुधलाई दुध होइन
पानीलाई पानी होइन
सेतोलाई कालो बनाउनु पर्छ
कालोलाई सेतो बनाउनु पर्छ

य सत्यबादिहरू
भनिदिनुस्त
यो दृष्टिदोष उसको हो कि
मेरो

समानता

प्रेम गरे मैले तिमीलाई
बदलामा माटो उपहार दियौ
आलिङ्गनमा बाधे तिमीलाई
बदलामा देशको स्पर्श दियौ

त्यसैलेत तिमी र म मा
समानता छ
तिमी देश बोक्छौ
म पनि देश बोक्छु

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार