विजय श्रेष्ठको ६ मुक्तक

विजय श्रेष्ठको ६ मुक्तक

१) आज भन्दा भोलि लाई सोच्नुपर्छ!.
हाम्रो भन्दा राम्रो लाई रोज्नुपर्छ!
एक दिन सफल हुने निश्चित छ।तर,
सम्भावनाहरू घरी घरी खोज्नुपर्छ!

२) खुसी को होला ? खोज्नु मन्लाछ!
राजा की साधु ? सोध्नु मन्लाछ!
राजा लाई साधु ,लाई राजा बनाई
एक पटक खुसी रोज्नु मन्लाछ!!

३) मान्छेलाई अरुकै डाहा हुन्छ
खाई न पाईको चाहा हुन्छ
आफूलाई बिर्सिन्छ अनि
अरूको एक एक थाहा हुन्छ

४) जव सहन र बहनले जीलेको हुन्छ!
जोडी असाध्यै राम्रो मिलेको हुन्छ!
ऐस ,बैँस र पैसा सँगको सम्बन्ध,
भित्र भित्रै बेस्सरी पिल्लिएको हुन्छ!

५) म हिड्ने बाटोले मलाई कुरीरा होला
छिमेकी बाटोहरुले कती घुरीरा होला
आशा र भरोसामै त छ जिउनको मजा
सपना पूरा हुन एक दिन जुरीरा होला।

६) यात्राले जीवन रमाइलो बनाउँछ
बिथोलिएको मन लाई फकाउँछ
उर्लिएको सपना हरु थकाउँछ
मन तरङ्गित अनि सरल बनाउँछ!!

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार