देशका ठुला पार्टी कुनै हातलमा फुट्नु हुन्न : मन्त्री ढुंगेल

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले नेकपा र नेपाली काँग्रेस कुनै हातलमा पनि फुट्न नहुने बताउनु भएको छ । सो कुरा उहाले रामेछापको मन्थली नगरपालिका वडा नं १३ मा नवनिर्मित मा.वि हर्रेचिण्डेको भवनको साचो हस्तान्तरण एबं उद्घाटन कार्यक्रमका अबसरमा वताउनु भएको हो । उहाले संविधान निर्माण लगायत लोकतन्त्र र गणतन्त्रको स्थापनाका […]

दोलखाका सबै क्रसर उद्योग बन्द

दोलखामा सञ्चालित सबै क्रसर उद्योग अर्को आदेश नभएसम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला समन्वय समिति दोलखाका प्रमुख तथा ढुङ्गा, गिट्टी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन गर्न गठित जिल्ला अनुगमन समितिका संयोजक डबल पाण्डेको अध्यक्षतामा समितिका सदस्यहरु र क्रसर व्यवसायीहरुको संयुक्त उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि अनुगमन समितिले गरेको […]

रामेछापका २ पालिका सहित वाग्मतीका २८ वटा स्थानीय तहले लालपुर्जा वितरण गर्ने

भूमि सम्बन्धि समस्या समाधान आयोग काठमाडौंले वाग्मती प्रदेशका २८ वटा स्थानीय तहसँग लालपुर्जा वितरणका लागि सम्झौता गरेको छ । लालपुर्जा वितरण प्रक्रिया सुरु गर्न आयोगले पहिलो चरणमा ती स्थानीय तहसँग हेटौंडामा सम्झौता गरेको हो । भूमिहिन, दलित, सुकुम्बासी र अव्यवस्थित रुपमा बसोवास गरेकाहरुको पहिला तथ्यांक पठाएको आधारमा स्थानीय तहसँग सम्झौता गरिएको भूमि सम्बन्धि समस्या समाधान […]

रामेछापमा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछापमा आज थप चार जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । यहि मंसिर २३ गते मन्थली नगरपालिकाबाट कोरोना परीक्षणका लागि पठाइएका ९ जनाको स्वाबमध्ये ४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मन्थली नगरपालिका वडा नं १ का ३४ र ४१ वर्षका पुरुष […]

रामेछापमा आत्महत्या गर्ने ह्वात्तै बढे

रामेछापमा पछिल्लो समय आत्महत्या गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । चालु आर्थिक बर्षको पहिलो चौमासिकमा रामेछापमा १९ जनाले आत्महत्या गरेको छन । रामेछापमा चालु आर्थिक बर्षको साउन देखि यता १९ जनाले आत्मा हत्या गरेको जिल्ला प्रहरी कार्यलय रामेछापको तथ्याङ्ककले देखाएको छ । यसरी आत्महत्या गर्नेहरु मध्ये १३ जना झुण्डिएर ,बिषसेवन गरेर ५ जना र हाम […]

लैङ्गिक हिंसा अन्त्य गर्न सबैको सोच बदलिनु्पर्छ : उपप्रमुख खड्का

रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले लैङ्गिक हिंसा अन्त्य गर्न सबैको सोच बदलिनुपर्ने बताउनुभएको छ । मानव अधिकार दिवश तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत रामेछाप नगरपालिकामा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उपप्रमुख खड्काले सबै जना एकजुट भएर लाग्न सकेको खण्डमा मात्रै लैङ्गिक हिंसा अन्त्य हु्ने बताउनुभयो । उहाँले दिवश र […]

ढुङ्गाले किचेर दुरागाउँमा एक किशोरीको मृत्यु

रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिकाको दुरागाउँमा ढुंगाले किचेर मंगलबार एक किशोरीको मृत्यु भएको छ । दाउँरा खोज्न घर नजिकैको जंगलमा गएकी लिखतामाकोशी गाउँपालिका वडा नम्बर १ दुरागाउँ ज्यामी डाडाँकी १७ वर्षीया जोशिला सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । मृतक सुनुवारको दाउँरा तान्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर घटना स्थलमै मृत्यु भएको […]

नेपालले पहिलोपटक आफ्नै स्रोतसाधान र जनशक्तिबाट नाप्यो सगरमाथाको उचाइ

विश्वको सर्बाेच्च शिखर सगरमाथाको उचाइ ८८४८.८६ मिटर कायम भएको छ । नेपाल र चीनले हिजो (मंगलबार) भिडियो कन्फरेन्स (भर्चुअल) का माध्यमबाट कार्यक्रमको आयोजना गरी संयुक्त रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेका हुन् । नेपालले आफ्नै स्रोत, साधन र जनशक्तिको प्रयोग गरी पहिलो पटक सगमाथाको उचाइ मापन गरेको हो । नेपालका तर्फबाट परराष्ट्रमन्त्री […]

सगरमाथाको उचाइ बढ्यो

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको छ । आज दिउँसो नेपाल र चीन सरकारले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर रहेको तथ्य सार्वजनिक गरेका हुन् । नेपाल सरकार र चीन सरकारी टोलीद्वारा छुट्टाछुट्टै रूपमा सगरमाथाको उचाइ मापन गरी प्रतिवेदन दुवैतर्फका प्राविधिकलाई बुझाइएको थियो । आज नापी […]

रामेछापमा कोरोनाका १० जना सक्रिय संक्रमित आईसोलेसनमा

रामेछाप जिल्लामा हालसम्म दुईहजार ३ सय ९३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा दुईहजार १ सय ९४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका १९८ जनामध्ये १८८ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भैसकेका छन् । जिल्लामा १० जना सक्रिय सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहको छ । हालसम्म जिल्लाको मन्थली नगरपालिकामा […]