७ औं राष्ट्रिय योग दिवस मनाइँदै

आज ७ औं राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइँदै छ । नेपालमा पछिल्लो समय फेरि कोरोना सङ्क्रमणको दर बढ्न थालेपछि यस वर्षको राष्ट्रिय योग दिवस भर्चुअल माध्यमबाट मनाउन लागिएको हो ।आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले बढ्दो कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट दिवस मनाउन लागिएको जनाएको छ । योग दिवसको अवसरमा सबै जिल्लाहरूको आयुर्वेद कार्यालयमा […]

लिपुलेक क्षेत्रमा भारतले सडक बनाएकोप्रति नेपाली काँग्रेसको आपत्ति

सत्तारुढ दल नेपाली काँग्रेसले नेपाली भूमि लिपुलेक क्षेत्रमा भारत सरकारले सडक निर्माण गरेकोप्रति आपत्ति जनाएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले हिजो संयुक्त विज्ञप्तिमार्फत सात बुँदे धारणा सार्वजनिक गर्दै दुई देश बीचका सबै प्रश्नमा कूटनीतिक संवादबाट समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर […]

माघ मसान्तसम्म लागु हुने गरी कोरोनाको तेस्रो लहर रोकथाम नियन्त्रणका लागि आदेश जारी

सरकारले कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि माघ मसान्तसम्म लागू हुने गरी आदेश जारी गरेको छ । सिंहदरबारमा हिजो बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको सङ्क्रमण फैलिन नदिन एक महिने आदेश जारी गरेको हो । एकजना मन्त्रीले जानकारी दिए अनुसार, आदेशमा यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट सिफारिस भएका विषयहरु नै समेटिएका […]

तरुल, सखरखण्ड लगायत कन्दमुलको खेति घट्यो

आज माघे सङ्क्रान्ति, आजका दिन विशेष महत्वका साथ तरुल, सखरखण्ड, पिडालु अर्थात कन्दमूल खाइन्छ । नेपालमा कन्दमुलको उत्पादन सन्तोषजनक रहे पनि व्यवसायीहरूका कारण आयात भने रोकिन सकेको छैन । पुस सकिँदै गर्दा र माघ लाग्दै गर्दा बजारमा तरुल, सखरखण्ड देख्न पाइन्छ । व्यवसायीहरू भने यस वर्ष कन्दमुलको बिक्री नभएको गुनासो गर्छन् । कालिमाटी फलफुल तरकारी […]

आज माघ १ गतेः माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदै

आज माघ १ गते अर्थात् माघ महिनाको पहिलो दिन, माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी सूर्य उत्तरायण हुने भएकाले यो दिनलाई मकर सङ्क्रान्तिसमेत भन्ने गरिन्छ । यही दिनदेखि दिन लामो र रात छोटो हुँदै जान्छ भन्ने मान्यता पनि छ । घ्यू, चाकु, उसिनेको तरुल र तिलको […]

रामेछापमा पनि बढ्यो कोरोना संक्रमण,आज २५ जनामा कोरोना पुष्टि

केही महिना रामेछापमा सुन्य रहेको कोरोना संक्रमण फेरी बढ्न थालेको छ । आज जिल्लामा एकैदिन २५ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रामेछापका प्रमुख शान्तिराम खतिवडाका अनुसार केहि महिनापछि आज जिल्लामा एकै दिन यति धेरै संक्रमित देखिएका हुन । ८ वटा स्थानिय तह रहेको रामेछापमा अहिले ३८ जना सकृय संक्रमित रहेको प्रमुख खतिवडाले […]

रामेछाप सेवा समाज कतारद्धारा स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

रामेछाप सेवा समाज कतारले जिल्ला स्वास्थ्य कार्यालय रामेछापलाई आज स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । स्वास्थ्य कार्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त संस्थाले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काको प्रमुख आतिथ्यता र रामेछाप सेवा समाज कतारका निवर्तमान उपाध्य यम ब सेन्चुरीको अध्यक्षतामा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम गरिएको हो । उक्त […]

फेसबुकमा नजर : किन बढ्दैछ मेयर र वडाध्यक्षको दुरी ?

सामाजिक संजाल फेसबुकमा मन्थली नगरपालिका–५, सुनारपानीका वडाध्यक्ष रामबहादुर कार्कीलाई पछ्याउनुहुन्छ भने तपाईले बेलाबेला देखिरहनुभएको होला मेयरविरुद्धको सोसल वार । कार्कीको फेसबुक प्रोफाईल स्क्रोल गर्नुभयो भने तपाईले नगरपालिकाका मेयर रमेशकुमार बस्नेतमाथी विभिन्न आरोप लगाएर राखिएका थुप्रै सामग्रीहरु देख्न सक्नुहुन्छ। आफ्ना योजनाहरु नगरपालिकाबाट स्विकृत भएनन् या मेयरले कुनै सार्वजनिक कार्यक्रममा वडाका सवालमा केहि धारणा प्रकट गरेको थाहा […]

चुनावमा गरेको बाचा हामीले ९० प्रतिशत पुरा गर्यौँ उपप्रमुख खड्का

रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले नागरवासिहरुसँग चुनावमा गरेको बाचा आफुहरुले ९० प्रतिशत पुरा गरेको बताउनुभयो । दशौँ नगर सभालाई आज सम्बोधन गर्दै उहाँले नगरमा ९० प्रतिशत राम्रो काम भएको भन्दै उहाँले विकासमा सबै एकजुट भएर अगाडी बढेका कारण नै आज यो अवस्थामा आईपुगेको बताउनुभयो । शिक्षा,स्वास्थ्य,कृषि,खानेपानी,यातायात जस्ता विकासका पूर्वाधारहरु सबै वडामा र नागरीकहरुको पहुँचमा पुगेकै […]

रामेछाप नगरपालिकाको दशौँ नगर सभा सम्पन्न

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको दशौँ नगर सभा आज सम्पन्न भएको छ । नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरको अध्यक्षतामा भएको नगर सभा कार्यक्रममा दशौँ नगरसभाका कार्यसूचीहरु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले प्रस्तुत गर्नुभयो । नगर सभामा रामेछाप नगरपालिकाको समग्र विकास निर्माणका सवालहरु र समसामयिक विषयमा छलफल भएको छ । नगर उप प्रमुख सृजना खड्काले […]