विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न सबै लाग्नुपर्छ : मन्त्री युवराज दुलाल

बाग्मती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्नको लागी सबै लाग्नुपर्ने बताउनुभयो । रामेछाप नगरपालिका वडा नं ६ मा रहेको जनकल्याण मावि च्यास्कुको नवनिर्मित विद्यालय भवनको उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हरेक सामुदायिक विद्यालयको अवस्था आफुलाई जानकारी भएको बताउँदै विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न बाग्मती प्रदेश सरकारले धेरै कार्यक्रमहरु अगाडी बढाएको […]

गौरीशङ्कर माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कार्की

रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशङ्कर माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन भएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कमल विक्रम कार्की चयन हुनुभएको छ । विव्यसका सदस्यहरुमा सावित्रा कार्की,उद्धव कुमार श्रेष्ठ,निरु थापा,चुक्त्त बहादुर मगर र कृष्णमायाँ नेवा खड्गी चयन भएका हुन । शिक्षक अभिभावक संघको अध्यक्षमा केही दिन अघि राम कुमार कार्की चयन भैसक्नुभएको […]

विद्यालयमा पानी नहुँदा विद्यार्थी संख्या घट्यो, विद्यार्थीहरु घरबाटै पानी लैजान बाध्य

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ मुडाजोरमा रहेको श्री महाकाली आधारभूत विद्यालयमा खानेपानीको समस्याले विद्यार्थी आफ्नो घरबाटै खानेपानीको बोतल झोलामा हालेर पढ्न जाने गरेका छन् । खानेपानीको अभावले गर्दा आधा दिनमै विद्यार्थी पानी पिउने निहुँमा घर आउने गरेको अभिभावक गोविन्द राउतले बताउनुभयो । विद्यालय आसपासमा खानेपानीको कुनै मुहान नहुनु र नगरपालिका तथा वडाले ध्यान […]

विद्यालय व्यवस्थापन समितिमा भागबन्डा नमिल्दा चुनाव हुँदै

श्री गौरीशङ्कर माध्यमिक विद्यालय रामेछापमा विद्यालय व्यवस्थापन समितिमा भागबन्डा नमिल्दा चुनाव गर्नुपर्ने अवस्था सृजना भएको छ । २०२० सालमा स्थापना भएको विद्यालयमा एकपटक चुनाव मार्फत विव्यस अध्यक्ष छनोट गरिएको भएपनि अरु सबै सर्वसम्मत विव्यस अध्यक्ष छनोट गरिएको थियो । यस पटक राजनीतिक भागबन्डा नमिल्दा चुनाव गर्नुपर्ने अवस्थाको सृजना भएको हो । विव्यस अध्यक्ष हुन नेपाली […]

विद्यार्थीको भबिष्यमाथी त्रिभुवन बिश्वबिद्धालयको खेलबाड : सुधारको अपेक्षा गर्दै बित्यो ५ दशक

(यो लेख लेखिरहदा सर्वप्रथम त क्षमाप्रार्थी छु त्रीबी परिवार प्रती जुन संस्थाले ज्ञानको ज्योति प्रदान गरि सु–मार्ग मा हिड्न बाटो देखायो त्यही संस्थाको आलोचना गरिरहेको छु ) बिश्वबिद्धालय अनुदान आयोगको तथ्यांकअनुसार नेपाल मा हाल केन्द्र सरकारको मातहतमा १२ वटा र प्रदेश सरकार मातहत १ वटा(गण्डकी )बिश्वबिद्धालय संचालित छ्न, र केहि बिश्वबिद्धालय निर्माणाधीन र केही संचालन […]

२०८१ चैत्र मसान्तसम्म रामेछाप नगरपालिका बालमैत्री नगरपालिका घोषणा हुने

रामेछापको रामेछाप नगरपालिका २०८१ चैत्र मसान्तसम्ममा बालमैत्री नगरपालिका घोषणा हुने भएको छ । यसका लागी नगरपालिकाले बालमैत्री स्थानिय शासन नीतिगत प्रकृयागत कार्यान्वयनका लागी अबलम्बन तथा घोषणा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिरहेको छ । नगरपालिकाले नगरस्तरीय कार्यक्रम सकेर अहिले वडास्तरीय कार्यक्रम संचालन गरिरहेको हो । ९ वटै वडाहरुमा अभिमुखीकरण कार्यक्रम संचालन हुने छ । आईतबार(आज) वडा नं […]

५८ औँ राष्ट्रिय बाल दिवस : रामेछाप नगरपालिकामा हाजिरी जवाफ र नृत्य प्रतियोगिता

बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने नाराका साथ आज रामेछाप नगरपालिकाले ५८ औँ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । नगरपालिकाले राष्ट्रिय बाल दिवसको अवसरमा एसइइ २०७८ मा उत्कृष्ट नतिजा ल्याउने २ जना विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ । हिमगंगा मावि साँघुटारका छात्र सबिन थापा मगरलाई नगद १० हजार […]

सरकार र आन्दोलनरत विद्यालय कर्मचारीबीच सहमति

सरकार र आन्दोलनरत विद्यालय कर्मचारीबीच सहमति भएको छ । भदौ १ गतेदेखि आन्दोलनमा रहेका सामुदायिक विद्यालय कर्मचारी परिषद्, शिक्षक महासङ्घ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिने सहमति भएकोे हो । सिंहदरवारमा बसेको त्रीपक्षीय वार्तामा विद्यालय कर्मचारी सहायक (लेखापाल) लाई नायव सुब्बा सरह र विद्यालय सहयोगीहरूको लागि श्रेणीविहीन सरहको तलब दिने […]

नेपाल बिद्यालय कर्मचारी परीषदले एक हप्ता देशभरको सामुदायिक विद्यालय बन्द गर्ने

श्रम ऐनले तोकेअनुसार न्यूनतम पारिश्रमिक पनि सरकारले उपलब्ध नगराएको भन्दै देशभरका सामुदायिक विद्यालयका ४० हजार लेखापाल र कार्यालय सहयोगी आन्दोलित छन । केहि दिन अघिदेखी पारिश्रमिक बढाउन माग गर्दै काठमाडाँैमा आन्दोलन गरिरहेका उनिहरुले एक हप्ता देशभरका सामुदायिक विद्यालय बन्द गर्ने भएका छन । नेपाल बिद्यालय कर्मचारी परीषद राष्ट्रिय समितिले देशभरका सामुदायिक बिद्यालय एक हप्ता बन्द […]

भंगेरी माविका शिक्षकलाई ल्यापटप,एसईई उतिर्ण विद्यार्थीलाई सम्मान

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ भंगेरीमा रहेको श्री मावि भंगरीले आज एक कार्यक्रमको आयोजना गरि एसईई उतिर्ण विद्यार्थीलाई सम्मान गरेको छ । २०७८ सालको एसईईमा उतिर्ण विद्यालयका ५३ जना विद्यार्थीहरुलाई विद्यालयले सम्मान गरेको हो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गौतम कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्दै वडा नं ८ का वडाअध्यक्ष सन्तोष […]