विद्यार्थीको भबिष्यमाथी त्रिभुवन बिश्वबिद्धालयको खेलबाड : सुधारको अपेक्षा गर्दै बित्यो ५ दशक

विद्यार्थीको भबिष्यमाथी त्रिभुवन बिश्वबिद्धालयको खेलबाड : सुधारको अपेक्षा गर्दै बित्यो ५ दशक

(यो लेख लेखिरहदा सर्वप्रथम त क्षमाप्रार्थी छु त्रीबी परिवार प्रती जुन संस्थाले ज्ञानको ज्योति प्रदान गरि सु–मार्ग मा हिड्न बाटो देखायो त्यही संस्थाको आलोचना गरिरहेको छु )

बिश्वबिद्धालय अनुदान आयोगको तथ्यांकअनुसार नेपाल मा हाल केन्द्र सरकारको मातहतमा १२ वटा र प्रदेश सरकार मातहत १ वटा(गण्डकी )बिश्वबिद्धालय संचालित छ्न, र केहि बिश्वबिद्धालय निर्माणाधीन र केही संचालन को अन्तिम तयारीमा छ्न,ती मध्ये सबैभन्दा बढी विद्यार्थी को भार बोकेको र मुलुककै सबैभन्दा जेठो बिश्वबिद्धालय को इतिहास बनाउन सफल संस्था हो त्रिभुवन बिश्वबिद्धालय । उच्च राजनैतिक नेतृत्व देखि कर्मचारी प्रशासन को उच्च तहमा पुग्ने हजारौं विद्यार्थी त्रिभुवन बिश्वबिद्धालय कै उत्पादन हुन भन्दा गौरवान्वित हुन्छौ हामी ,आफ्नो छुट्टै स्वर्ण इतिहास लेखाउन सफल त्यही बिश्वबिद्धालय आज बेतिथिको भुमरीमा फसिरहेको छ जसले गर्दा बिश्वबिद्धालय स्वयं को इतिहास त धुमिल भएको छ नै लाखौ विद्यार्थी को भबिष्य समेत अन्यौल मा परेको छ ।

जस्को जल्दोबल्दो दृष्टान्त हो परिक्षा सकिएको ११ महिना पुग्दा समेत नतिजा प्रकाशीत नहुनु ,एकतार्फ २०७८ को फागुन चैत महिनामा संचालित स्नातक तहको अन्तिम र प्रथम बर्ष को नतिजा ११ महिना भैसक्दा समेत नतिजा प्रकाशित हुन सकिरहेको छैन भने अर्कोतर्फ नतिजा नै प्रकाशित नभई त्रीबी ले स्नातकोत्तर तहको भर्ना आबेदन माग गरेको छ ।

सामान्यतया परीक्षा सकिएको ९० दिन अर्थात ३ महिना भित्र प्रत्येक संकायको नतिजा प्रकाशित गरिसक्नुपर्ने त्रीबी को नियम रहेको छ तर दशकौ देखि त्यही नियमको बर्खिलाप गर्दै लाखौ विद्यार्थी को भबिष्य अन्यौलग्रस्त वनाइदिएको छ , बिश्वबिद्धालय मा भइरहने राजनैतिक हस्तक्षेप, बन्द ,हडताल ,ढिलासुस्ती र लापरबाही ले त्रीबी को गरिमा धुमिल बन्दै गइरहेको छ जसको प्रत्यक्ष असर लाखौ विद्यार्थी मा परिरहेको छ । तर बर्षौ देखि त्रीबी को एउटै रेडिमेट जबाफ “कर्मचारी अभाब ले समयमै नतिजा प्रकाशित गर्न सकिएन“ । हाल त्रीबी परीक्षा नियन्त्रण कार्यलय मा २२४ जना कर्मचारी को दरबन्दी कायम रहेकोमा जम्मा कार्यरत कर्मचारी संख्या १३७जना मात्र रहनुले पनि त्रिभुवन बिश्वबिद्धालय आफ्ना विद्यार्थी प्रति कति गैरजिम्मेवार छ भन्ने स्पष्ट हुन्छ, ।

यसरी एकातर्फ विद्यार्थी मा अन्यौलता बढ्दै जादा बिश्वबिद्धालय प्रती विद्यार्थी को नैरास्यता ,अबिश्वास र आक्रोश त बढ्दो छ नै अर्कोतर्फ यस्तै विभिन्न कारणले बिश्वबिद्धालय को इतिहास समेत ध्वस्त नहोला भन्न सकिन्न !

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार