शैक्षिक सुधारका लागी रामेछाप नगरपालिकालाई नेपाल शिक्षक महासंघको १६ बुँदे माग

शैक्षिक सुधारका लागी रामेछाप नगरपालिकालाई नेपाल शिक्षक महासंघको १६ बुँदे माग

नेपाल शिक्षक महासंघ रामेछाप नगर कार्यसमितिले शैक्षिक सुधारका लागी रामेछाप नगरपालिकालाई विभिन्न सुझावहरु दिएको छ । १६ बुँदे सुझाव सहितको माग पत्र नेपाल शिक्षक महासंघ रामेछाप नगर कार्यसमितिले रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीलाई हस्तान्तरण गरिएको छ ।

उक्त सुझाव नगरपालिकाको नीति कार्यक्रम र वार्षिक बजेटमा समेट्न पनि आग्रह गरिएको छ । माग पत्रमा स्वयम सेवक शिक्षकहरुलाई थप तलब भत्तासहित निरन्तरता दिन, ५ वषै कार्ययोजना सहित १ शिक्षक एक ल्यापटप कार्यक्रम सन्चालन गर्न, विद्यालयमा इन्टरनेट सुविधा उपलब्ध गराउन पहल गर्न, विद्यालय सन्चालनका लागी उचित विद्यालय व्यवस्थापन खर्चको व्यवस्थापन गर्न, प्राविधिक धार(डाक्टर,ईन्जिनियर,भेटनरी कृषि) अध्यनरत नगर भित्रका छात्रछात्राहरुलाई प्रोत्साहन छात्रवृतिको व्यवस्था गर्न,सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको तलब भत्तामा वृद्धि गर्न,सम्भाव्यता अध्यनगरी घरेलु उद्योग स्थापना गरी पर्याप्त रोजगारी सिर्जना गरेर छोरी बुहारी घर फर्काउ अभियान सन्चालन गर्न जस्ता महत्वपुर्ण कुराहरु समेटिएका छन ।

यस्ता छन सुझावहरु मागहरु : 

१ नगरले हाल सन्चालन गरेको नगर स्वयम सेवक शिक्षकहरुलाई थप तलब भत्ता सहित निरन्तरता दिन ।
२ ५ वषै कार्ययोजना सहित १ शिक्षक एक ल्यापटप कार्यक्रम सन्चालन गर्न ।
३ विद्यालयमा इन्टरनेट सुविधा उपलब्ध गराउन पहल गर्न ।
४ विद्यालय सन्चालनका लागी उचित विद्यालय व्यवस्थापन खर्चको व्यवस्थापन गर्न ।
५ प्राविधिक धार(डाक्टर,ईन्जिनियर,भेटनरी कृषि) अध्यनरत नगर भित्रका छात्रछात्राहरुलाई प्रोत्साहन छात्रवृतिको व्यवस्था गर्न ।
६ गणित,विज्ञान,अंग्रेजी मध्ये कुनै एक धारमा अध्यनरत छात्रछात्राहरुलाई उचित छात्रवृतिको व्यवस्था गर्न ।
७ सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको तलब भत्तामा वृद्धि गर्न ।
८ शिक्षकलाइृ नयाँ र पुनरताजगी तालिमको व्यवस्था गर्न ।
९ तल्ला(प्राथमिक) कक्षाहरु बालमैत्री र सिकाईमैत्री बनाउन कक्षाकोठा व्यवस्थापनको आवश्यक व्यवस्था गर्न ।
१० विद्यालयमा आवश्यक भौतिक व्यवस्थापन(कक्षाकोठा,घेराबार,शौचालय,खानेपानी,खेल मैदान) गर्न ।
११ दिवाखाजामा नेपाल सरकारले प्रदान गरेको रकममा केही रकम थव गरी समय सापेक्ष बनाउन ।
१२ सम्भाव्यता अध्यनगरी घरेलु उद्योग स्थापना गरी पर्याप्त रोजगारी सिर्जना गरेर छोरी बुहारी घर फर्काउ अभियान सन्चालन गर्न ।
१३ प्राविधिक विद्यालय स्थापना गरी सिपयुक्त जनशक्ति उत्पादन गर्न ।
१४ शिक्षक महासंघको अफिस स्थापनाको आवश्यक पहल गर्न ।
१५ रनिङशिल्ड प्रतियोगितामा आवश्यक आर्थिक व्यवस्थापन गर्न ।
१६ प्रस्तावित माविमा दरबन्दी मिलानमा प्राथमिकता दिन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार