एसईई परीक्षाको नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी

एसईई परीक्षाको नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी भइरहेको छ । गत वैशाख ९ गतेदेखि २० गतेसम्म भएको एसईई परीक्षाको परीक्षाफल साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १० को परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले त्रुटि सच्याउने लगायतका प्राविधिक काम भइरहेको छ । यस वर्ष देशभरका २ हजार ७ परीक्षा केन्द्रबाट ५ लाख १४ हजार ९ सय ७७जना परीक्षार्थीले परीक्षा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार