कक्षा ११ र १२ का विद्यार्थीको रजिष्ट्रेशन तथा परीक्षा आवेदन फाराम बुझाउने समय थप

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को विद्यार्थीको रजिष्ट्रेशनन तथा परीक्षा आवेदन फाराम बुझाउने समयसीमा पुनःथप गरेको छ । यसअघि बोर्डले गत माघ ७ गतेसम्म समयसीमा राखेकोमा छुट भएकालाई माघ मसान्तसम्म थप गरेको थियो । बोर्डले दोस्रो पटक समय थप गर्दै चैत १६ भित्र दोब्बर शुल्कमा रजिष्ट्रेशनन तथा परीक्षा आवेदन फाराम बुझाउन सक्ने जनाएको […]

कक्षा १२ को परीक्षा जेठको दोस्रो हप्तादेखि हुने

कक्षा १२ को परीक्षा आउँदो जेठको दोस्रो हप्तादेखि सञ्चालन गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७९ जेठको दोस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्न लागेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बताउनुभयो । भोलि शुक्रवार बोर्डको बैठक बसेर तालिका सार्वजनिक गर्न लागिएको उहाँले बताउनुभयो । यस पटकको प्रश्न पत्र भने अनलाइन माध्यमबाट पठाइने र परीक्षा […]

मन्थली नगरपालिकालाई शैक्षिक हब बनाउने योजनामा छु : नगर प्रमुख बस्नेत

रामेछापको मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले मन्थली नगरपालिकालाई शैक्षिक हब बनाउने आफ्नो योजना रहेको बताउनुभयो । मन्थलीमा सञ्चालित समता स्कुलको भवन शिलान्यास कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले बिद्यमान महंगो शिक्षा प्रणालीलाई न्यूनिकरण गर्दै सरल र गुणस्तरीय शिक्षामा आफुले जोड दिइरहेको समेत बताउनुभयो । नगरप्रमुख बस्नेतले चैत्र मसान्त सम्ममा दुई पक्षिय […]

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा रामेछापका ४३ विद्यालय छनोट(नाम सहित)

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा रामेछापका ४३ विद्यालय छनोटमा परेका छन । मन्थली नगरपालिकाबाट ९ वटा विद्यायल छनोटमा परेको छ । सेतीदेवी मावि सालु,मावि सिक्राल,जगदम्बा आ.वि चिउरीपानी,स्थानापती मावि बांगेसल्ला,शारदा मावि गेलु,रुद्राक्षेश्वर मावि मुगिटार,मन्थली मावि मन्थली,कालिका मावि पोखरी र भैरव मावि सुनारपानी रहेका छन । रामेछाप नगरपालिकाबाट ५ वटा विद्यायल राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोटमा परेका छन […]

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चार हजारभन्दा धेरै विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका चार हजार १ सय ५७ सार्वजनिक विद्यालय छनोटमा परेका छन् । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले देशभरका चार हजार १ सय ५७ विद्यालय छनोट गरेको हो । जसमध्ये ४ कोठे भवन ९ सय ७६, दुई कोठे भवन ९ सय ६६, आइसीटी ल्याब व्यवस्थापन दुई […]

एक÷दुई दिनमै एसईईको परीक्षा तालिका प्रकाशित हुने

राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी थालेको छ । आज या भोलिसम्ममा परीक्षाको तालिका प्रकाशित गर्ने तयारी भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । उहाँकाअनुसार आउँदो बैशाख २० गते भित्रै परीक्षा सक्ने गरी तयारी थालिएको छ । बैशाख ३० गते पालिकाको चुनावको मिति तोकिएकाले २० गते भित्रै परीक्षा सकाउनु पर्ने […]

रामेछापका समाजसेवी घिमिरेद्धारा १३ सयबढी विद्यार्थीलाई न्यानो कपडा वितरण

रामेछाप जिल्लाको रामेछाप नगरपालिका–८ वाबियाखर्कका समाजसेवी शम्भु प्रसाद घिमिरेले १३ सय ३० जना विद्यार्थीलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गर्नुभएको छ । मंगलबार रामेछाप नगरपालिकाका तीन वटा विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको हो । लाइन्स क्लव अफ रामेछापको आयोजना तथा फेलोसिप लाएन्स क्लवको सहकार्यमा पूर्व जिल्ला गभरर्नर घिमिरेको समन्वयमा मंगलबार औपचारिक कार्यक्रमकाको आयोजना गरी […]

आजदेखि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द

सरकारले आजदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि विद्यालय बन्द गर्ने निष्कर्षमा पुगेको सरकारले आजदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गरी पुस २७ देखि माघ १५ गतेसम्म विद्यालयहरु बन्द हुने जानकारी दिनुभएको हो ।विद्यार्थीलाई वैकल्पिक […]

कक्षा ११ को ग्रेडवृद्धि तथा आङ्शिक परीक्षाको नतिजा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित गरेको छ । असोज ११ गते लिएको परिक्षामा ७९.०६ प्रतिशत उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाफल राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट सहित नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा १६०१ नम्बरमा डायल गरेर पनि नतिजा […]

तोकिएको भन्दै बढी शुल्क नलिएको पुष्टि गर्न शिक्षा मन्त्री पौडेलको चेतावनी

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएभन्दा बढी शुल्क नलिएको पुष्टि भएन भने कारबाही गर्ने मेडिकल कलेज सञ्चालकलाई चेतावनी दिनुभएको छ । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी रकम कलेजले लिएको उजुरीपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित शिक्षामन्त्री पौडेल आज भक्तपुरस्थित काठमाडौँ मेडिकल कलेजको निरीक्षणमा जानुभएको थियो ।अनुगनका क्रममा मन्त्री पौडेलले कलेजका प्रिन्सिपल रतिन्द्रनाथ […]