राष्ट्रपतिलाई महाअभियोग लगाउने प्रचार झुठो हो : प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउने भनेर झुठो प्रचार गरिएको बताएका छन् । उनले आफ्नो स्वार्थका लागि अनर्गल प्रचार नगर्न र राष्ट्रपतिलाई विवादमा नतान्न आग्रह पनि गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रीहरुसँगको छलफलमा आफूलाई प्रधानमन्त्री पदबाट हटाउने र  राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षडयन्त्र गरिएको […]

प्रदर्शनमा उत्रिएका युवा संघका नेताहरुलाई कारबाही हुन्छ : अध्यक्ष सापकोटा

काठमाडौं- युवा संघका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशीखा’ले सरकारको समर्थनमा प्रदर्शनमा उत्रिएका युवा संघका नेता तथा कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा उत्रिएका युवाहरु युवासंघका नेता तथा कार्यकर्ता भए उनिहरुलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । ‘पार्टी बैठक छोडेर सडकमा गरिने प्रदर्शन किमार्थ स्विकार्य छैन । पहिलो त विधि, विधान, […]

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई भने, ‘पार्टी एकता जटिल मोडमा पुगेको छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्का सदस्यहरुसँग शनिबार साँझ वालुवाटारमा छलफल गरेका छन् । साँझ ७ः१५ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरुसँग छलफल जुटेका थिए । मन्त्रीहरुसँगको छलफलअघि प्रधानमन्त्रीले राष्ट्रपतिसँग पनि भेट गरेका थिए । पार्टीभित्र संकट गहिरिँदै जाँदा प्रधानमन्त्री राष्ट्रपतिलाई भेटेर मन्त्री र राज्यमन्त्रीसँग छलफलमा जुट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको […]

जब नेकपाको एकतामा सङ्कट, त्यतिबेला युवा नेता सक्रिय

काठमाडौं । जब जब नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टीमा एकताको सङ्कटमा पर्दछ, त्यतिबेला पार्टीका युवा नेता सक्रिय हुने गर्दछन् । अहिले पनि नेकपाको एकताको विवाद उत्कर्षमा पुगेको बेला पार्टीका केन्द्रीय सदस्य तथा सांसद त्यस एकतालाई जोगाउन सक्रिय भएका छन् । उनीहरुले पार्टीमा देखिएको समस्यालाई पार्टीको विधि र विधानबाट समाधान गर्न शीर्ष नेतृत्वलाई दबाब दिनका लागि दैनिक […]

काँग्रेसले सिद्धान्त र आदर्शको राजनीति अवलम्बन गर्नुपर्छ : नेता पौडेल

काठमाडौँ, २० असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जोड घटाउ गरेर सत्ता प्राप्तिको राजनीति छोडेर सिद्धान्त र आदर्शको राजनीति अवलम्बन गर्नुपर्ने बताएका छन् । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आज वाग्मती प्रदेशका काँग्रेस नेता कार्यकर्ताहरुसँग गरेको छलफलमा उनले समसामयिक राजनीतितर्फ इङ्गित गर्दै ‘अरूको घर भत्किन्छ र आफ्नो घर बन्छ’ भन्नु दुर्भाग्यपूर्ण हुने बताए । […]

नेकपालाई कुनैपनि हालतमा फुट्न दिँदैनौंः देवेन्द्र पौडेल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले अहिले देखिएको पार्टीभित्रको समस्या समाधानको लागि ‘नयाँ आधारमा नयाँ एकता’ गर्नुपर्ने आवश्यककता औंल्याएका छन् ।  उनले पार्टीभित्रका समस्या सुल्झाउनका निम्ति औपचारिक बैठकको निरन्तरता भन्दापनि “साईड होमवर्क”हरु गरी बैठकलाई टुंगो लगाउन स्थायी कमिटी बैठक स्थगन गरिएको र अहिले अध्यक्षद्धय केपी शर्मा ओली […]

‘भारतीय पक्षको हेपाहा प्रवृत्तिलाई स्वीकार गर्न सकिन्न’

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग राष्ट्रिय समाचार समिति (रासस)ले गरेको कुराकानीको सम्पादित विवरण भारतले नेपालको भूभागमा सडक बनाएर उद्घाटन गराउँदासम्म पनि नेपाल सरकारले आफ्नातर्फबाट त्यसलाई रोक्न पहल नगरेको भन्ने आलोचना भइरहेको देखिन्छ । यसबारेमा नेपाली जनता आश्वस्त हुने गरी भनिदिनोस्, सरकारले केके गरेको हो ? इतिहासमै पहिलोपटक, वर्तमान सरकारले नेपाल भारत सीमा क्षेत्रमा नेपाली भूमिमाथि […]

पाल्पाको खानिछाप स्वास्थ्य चौकीबाट निशुल्क सुरक्षित गर्भपतन सेवा सुरु

स्वास्थ्यसमाचार बगनासकाली गाउँपालिका वडा न ४ खानिछापमा रहेको स्वास्थ्य चौकीबाट निशुल्क सुरक्षित गर्भपतन सेवा प्रदान गरिने भएको छ । अन्जानमा हुन गएको, हाड नाता वा कुनै पनि कारण वस रहन गएको ९ हप्ता सम्मको गर्भलाई औषधिको माध्यमबाट सुरक्षितसाथ स्वास्थ्य चौकीमै सेवा लिन सक्ने ब्यबस्था मिलाईएको हो ।कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि बगनासकाली गाउँपालिकाकी उपाध्यक्ष सरस्वती […]

अनमीको समायोजन नटुंगिदै रमाना

स्वास्थ्यसमाचार समायोजन सूची सार्वजनिक गरेपनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य समूहका कर्मचारीलाई पदस्थापन हुनका लागि चिठी दिइसकेको छैन । तर, बाँकेको एक गाँउपालिकाले भने आफ्ना एक जना कर्मचारीलाई समायोजनमा परेको भन्दै रमाना दिएर विदा गरेको छ । उता रमाना लिएर गएको कार्यालयका अधिकारीले पनि निजलाई हाजिर गराउनु भनि फाँटवालालाई आदेश दिएका छन् ।समायोजनमा […]

रुघाखोकीको उपचार नपाएर हुम्लामा नौजनाको मृत्यु, दुई सय बिरामी

हुम्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकामा रुघाखोकीका कारण ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । २६ चैतयता फैलिएको महामारीले दुई सय बासिन्दा बिरामी छन् । तर, १९ दिनसम्म पनि उनीहरूले औषधि पाएका छैनन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ताँजाकोटमा मृत्यु हुनेको संख्या अपडेट गराएको छ । तर, केन्द्र अथवा प्रदेश सरकारको कुनै पनि टोली अहिलेसम्म प्रभावित गाउँमा पुगेको […]