निर्वतमान अर्थमन्त्री खतिवडासहित तीनजना प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

निर्वतमान अर्थमन्त्री खतिवडासहित तीनजना प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

संघीय संसदको संसदीय सुनुवाई समितिले युवराज खतिवडा सहित तीनजना प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । सरकारले असोज १६ गते पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, निवर्तमानमुख्यसचिवलोकदर्शन रेग्मीलाई बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाकालागि नेपाली राजदूतमासिफारिस गरेको थियो ।उहाँहरुको राष्ट्रपतिबाट नियुक्ति हुनुअघि संसदीय सुनुवाई समितिबाट नामअनुमोदनहुनुपर्ने संवैधानिकव्यवस्था छ । आज बसेको सुनुवाई समितिको बैठकले तीनै जनाविरुद्ध उजुरी दिन १० दिनको समय दिएर सूचनाप्रकाशित गरेको छ । कात्तिक ३ गतेसम्मउजुरी दिन सकिने समिति सचिवालयले जनाएको छ ।सूचनामासिफारिस गरिएका व्यक्तिलाई जदूतनियुक्तगर्न उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आाधार एवं प्रमाणसहित उजुरी दिनभनिएको छ । उजुरीकर्ताको परिचयगोप्य राखिने पनि समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार