विपत्तिमा जनताले अभिभावक गुमाएको अनुभव गर्दैछन्ः पूर्वराजा शाह

विपत्तिमा जनताले अभिभावक गुमाएको अनुभव गर्दैछन्ः पूर्वराजा शाह

Former King Gyanendra Shah speaking at a press conference before leaving the Narayanhiti Palace, 14 days after the nation was declared Republic, on June 11, 2008. Photo: THT/ File

पूर्वराजा ज्ञानेन्द्र शाहले विपत्तिमा जनताको जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत हुन नसकेको बताउनुभएको छ ।दशैंको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले जिम्मेवार पक्षबाट जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत नहुँदा जनताको दैनिकी कष्टकर बन्दै गएको बताउनुभएको छ । संकटको घडीमा अभिभावकको क्षमता र हैसियत प्रष्ट हुन्छ भन्ने आम मान्यता रहेको भन्दै उहाँलेनेपाली जनता अभिभावकविहीन बनेको पीडाबोध भइरहेको उल्लेख गर्नुभयो । रोजगारीका लागि विदेश गएकाहरु संकटमा रहेको र देशभित्रै श्रम र सीप सदुपयोग गर्ने बन्दोबस्त नभएको उहाँले बताउनुभयो । राहत, रोजगारी र रोगको उपचार खोज्दै भौतारिएकाहरुलाई भरपर्दो आड भरोसा चाहिएको शाहले शुभकाना सन्देशमा उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार