रअ प्रमुखगोयल दिल्लीफिर्ता,प्रधानमन्त्रीओलीले भेट गरेकोमा नेकपाभित्रै विरोध

रअ प्रमुखगोयल दिल्लीफिर्ता,प्रधानमन्त्रीओलीले भेट गरेकोमा नेकपाभित्रै विरोध

भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) काप्रमुख सामन्तकुमार गोयल प्रधानमन्त्री केपीशर्मा ओलीलगायतसँग भेट गरी फर्किनुभएको छ । अस्ति दिउँसो नेपाल आएका गोयल हिजो बिहान ९ बजेपछि दिल्लीफर्कनुभएको त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ । आईएफबी ६०४५ कल साइनको चार्टर्ड उडानबाट गोयल नेतृत्वको ९ सदस्यीय टोली स्वदेश फर्किएको हो ।

गोयल नेतृत्वको टोलीले हिजो साँझप्रधानमन्त्रीओलीसँगकरिब २ घण्टा छलफल गरेको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गोयल र प्रधानमन्त्रीबीच भेट भएको जानकारी दिनुभएको छ । सत्तारुढ नेकपाकाकार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेतामाधवकुमार नेपाल, प्रवक्तानारायणकाजी श्रेष्ठलगायतले भने पत्रपत्रिका पढेर भारतीयगुप्तचरको भ्रमणबारे थाहापाएको बताउनुभएको छ ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतातथापूर्व गृह मन्त्रीभीम रावलले प्रधानमन्त्रीओली र गोयलसँगको भेटलाई आपत्तिजनक र कुटनीतिक मर्यादा विपरीत भएको बताउनुभएको छ । ‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमानतथा सरकारको नेतृत्वगरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीयगुप्तचर रअ प्रमुखसंग नेपालकाप्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ’ रावलले सामाजिक सञ्जाल ट्विटमा लेख्नुभएको छ ।

पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमलदाहाल प्रचण्ड र माधवकुमार नेपालले भने सचिवालयमार्फत गोयलसँगआफ्नो भेटघाट नभएको बताइसक्नुभएको छ । गोयलसँगप्रधानमन्त्रीओलीले भेट गरेकोमा साझा पार्टीले पनिआपत्तिजनाएको छ । रअ प्रमुखगोयललाई भारतीयप्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ‘विशेष दूत’का रूपमा नेपालकाप्रधानमन्त्रीलाई भेट्न पठाएका हुन्?प्रश्नगर्दै साझा पार्टीले विज्ञप्तिमार्फत भनेको छ, “यदिहुन् भने प्रधानमन्त्रीओलीको कार्यालयले तुरुन्त स्पष्ट पार्नुपर्छ । त्यसो होइनभने आफ्नाखुफियाएजेन्सी प्रमुखलाई विशेष विमानबाट नेपाल पठाएर प्रधानमन्त्रीसँग भेटाउनुबाट भारतले नेपालकाप्रधानमन्त्रीलाई आफ्नो खुफियाएजेन्सीको प्रमुखको तहमाझारेको संकेत गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार