पूर्वसञ्चारमन्त्री बाँस्कोटामाथि छानबिनका लागि पर्याप्त प्रमाण नपुगेको अख्तियारको जवाफ

पूर्वसञ्चारमन्त्री बाँस्कोटामाथि छानबिनका लागि पर्याप्त प्रमाण नपुगेको अख्तियारको जवाफ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि थप छानबिन गर्नका लागि पर्याप्त प्रमाण नभएको बताएको छ। संसदको सार्वजनिक लेखा समितिलाई पठाएको पत्रमा अख्तियारले सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड घुसको डिल गरेको आरोप लागेका पूर्वसञ्चारमन्त्री एवं नेकपा सांसद बाँस्कोटालाई उन्मुक्ति दिन लागेको संकेत गरेको छ । प्रकरणमा संलग्न भनिएका विजयप्रसाद मिश्रको अडियो र भिडियो पूर्ण प्राप्त नहुँदा थप अनुसन्धान हुन नसेकको भनिएको छ।घुस डिल गरेकोबारे बाँस्कोटासँग बयान लिइएको र मिश्रलाई सम्पर्कमा आउन पटक–पटक ताकेता गरी सार्वजनिक सूचनासमेत जारी गरिएको जिकिर अख्तियारले गरेको छ। लेखा समितिले केही हप्ताअघि समितिबाट थप छानबिन गर्नु भनि पठाएका विषयहरुमा जवाफ माग गर्दै पत्र लेखेको थियो।उक्त पत्रको जवाफमा अख्तियारले समिति बनाएर अनुसन्धान सुरु भएको जवाफ दिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार