कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सरकार उदासिन भएको काँग्रेसको आरोप

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सरकार उदासिन भएको काँग्रेसको आरोप

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सरकारी उदासिनताले सीमा नाघेको आरोप लगाएको छ । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आज प्रेस विज्ञप्ति निकालेर सरकारले सङ्क्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गरी परीक्षणको व्यवस्था समेत गर्न नसकेको बताउनुभएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिहरुलाई राख्ने समुचित आइसोलेसनको व्यवस्था सरकारले गर्न नसकेको पनि काँग्रेसको आरोप छ ।विशेषत काठमाडौं उपत्यकामा डेरामा बस्नेहरुका लागि उचित बसोबासको व्यवस्था नभएको उहाँले बताउनुभएको छ ।

नेपाली काँग्रेस कोभिड १९ अनुगमन समितिका संयोजक समेत रहनुभएका महतले जारी गरेको विज्ञप्तिमा भनिएको छ । उचित व्यवस्थापन हुन नसक्दा सङ्क्रमितहरुले आफू सङ्क्रमित भएको कुरा लुकाएर बस्नु पर्ने परिस्थिति बनेका कारण सङ्क्रमण झन बढेको काँग्रेसको बुझाइ छ । मापदण्ड अनुरुप बस्ने व्यवस्था नभएका सङ्क्रमितहरुलाई राख्न सरकारले आइसोलसनको तत्काल व्यवस्था मिलाउनु पर्ने र लक्षण देखिएका सङ्क्रमितहरुलाई अस्पतालमा उपचारको व्यवस्था मिलाउनु पर्ने माग काँग्रेसले अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार