कात्तिक ७ गतेदेखि कानुनबमोजिम क्लिनफिड लागु हुने प्रधानमन्त्री ओलीको दावी
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी कात्तिक ७ गतेदेखि कानुनबमोजिम विज्ञापनरहित प्रसारण सेवा (क्लिनफिड) लागू हुने बताउनुभएको छ । नवगठित मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार नेतृत्वको टोलीलाई हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिँदै प्रधानमन्त्री ओलीले कानूनको पालनामा सरकार पछि नहट्ने स्पष्ट पार्नुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री ओलीले सूचनाको हकसम्बन्धी […]

