राष्ट्रिय सभाका चार विषयगत समितिका सभापति छनौट भएको घोषणा आज हुँदै

तोकिएको समयमा निवर्तमान सभापतिले मात्र सभापतिका लागि उम्मेदवारी दिएपछि राष्ट्रिय सभाका चार विषयगत समितिमा पूरानै नेतृत्व दोहरिने भएको छ राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दीलकुमारी रावल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट र विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङको मात्र उम्मेदवारी परेको छ । एउटा समितिमा […]

पार्टीको कुनै पनि गुटमा नलाग्ने नेकपा उपाध्यक्ष गौतमको भनाइ

नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमले आफू पार्टीको कुनै पनि गुटमा नलाग्ने प्रष्टीकरण दिनुभएको छ । आज विहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा गौतमले आफू सानो, ठूलो कुनै पनि गुटमा नलाग्ने बताउनुभएको हो । गौतम निवासमा पुग्नुभएका अध्यक्ष प्रचण्डले सोधेको प्रश्नमा उहाँले कुनै गुटमा पनि नलाग्ने जवाफ दिनुभएको छ । गौतमले आफू पार्टी […]

सरकारको प्रयासले मात्रै कोरोना नियन्त्रण गर्न नसकिने प्रधानमन्त्री ओलीको भनाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रयासले मात्रै कोरोना नियन्त्रण गर्न नसकिने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विज्ञ र विभिन्न राजनीतिक दलका नेताहरूसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले सङ्कटलाई विरोध गर्ने अवसरका रूपमा नलिन पनि आग्रह गर्नुभयो । प्रधानमन्त्रीले कोभिड नियन्त्रण सरकारले गर्ने कामले मात्र नपुग्ने र जनतामा चेतना बढाउन आवश्यक रहेको बताउनुभयो । कहिले लकडाउन […]

सत्तारुढ दल नेकपाका अध्यक्षद्वय बीचको छलफल आजपनि निस्कर्ष बिहीन

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता आज पनि निष्कर्ष बिहीन भएको छ । आज बिहान बालुवाटारमा भएको छलफलमा अध्यक्षद्वयसँगै वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी हुनुभएको थियो । प्रधानमन्त्रीसमेत रहनुभएका ओली जारी स्थायी कमिटी बैठकलाई निरन्तरता दिन समेत तयार हुनुभएको […]

ओली–प्रचण्डबीच तीन घण्टा वार्ता भएपनि स्थायी कमिटी अनिश्चित

सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज करिव तीन घण्टा भएको छलफल निष्कर्ष बिहिन भएर टुंगिएको छ । साउन १३ गते ओलीले एकपक्षीय रुपमा बैठक स्थगन र प्रचण्डले आफ्नो अध्यक्षमा बहुमत सदस्य सहित स्थायी कमिटी बैठक राखेको ६ दिनपछि दुई अध्यक्षबीच भेटवार्ता भएको थियो । प्रचण्ड, […]

पार्टी भित्रको विवाद पद प्राप्तिका लागि नभएको नेकपा अध्यक्ष प्रचण्डको भनाइ

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र चलिरहेको बहस पद प्राप्तिका लागि नभएको बताउनुभएको छ । सत्तारुढ पार्टी नेकपाभित्र पछिल्लो समय चर्किएको विवादका बीचमा दाहालले पार्टीभित्र चलेको बहस पद प्राप्तिका लागि भएको भनेर गलत प्रचार गरिएको गुनासो गर्दै यस्तो बताउनुभएको हो । कम्युनिस्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवसरमा आज ललितपुरमा भएको कार्यक्रममा अध्यक्ष […]

काँग्रेसका ९ भ्रातृ सङ्घको म्याद ६ महिनाका लागि थप

नेपाली काँग्रेसले पदावधि सकिएका पार्टीका बिभिन्न ९ वटा भ्रातृ सङ्घको म्याद ६ महिनाका लागि थपेको छ । काँग्रेसले पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन हुने गरी म्याद सकिएका मितिबाट छ महिनाका लागि भ्रातृ सङ्घहरुको म्याद हिजो थप गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । काँग्रेसले नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल प्रजातन्त्र […]

गृहमन्त्री र स्वास्थ्य मन्त्रीले राजीनामा दिनुपर्ने विवेकशिल नेपाली दलको माग

गृह मन्त्रालयमा सूचनाको हक सम्बन्धी निवेदन दर्ता गर्नको लागि सिंहदरबारको गेटमा अनुमति पत्र पर्खेर बसेका इनफ इज इनफका अभियन्तालाई अपहरण शैलीमा पक्राउ गरेको तथा छोड्ने क्रममा उनीहरूमाथि दुव्र्यवहार भएको भन्दै विवेकशील नेपाली दलले निन्दा र घोर भत्सर्ना गरेको छ । यस कार्यका लागि आदेश दिने अधिकारी तथा त्यस आदेशको पालना गर्ने प्रहरी टोलीमाथि आवश्यक छानबिन […]

पौडेल पक्षद्वारा देउवालाई लिखित असहमति

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी विभागमा भइरहेका मनोनयनलगायतका असहमतिका पाँच वटा विषयमा सभापति शेरबहादुर देउवालाई भेटरै ध्यानाकर्षण गराएको छ । देउवाबाट सकारात्मक जवाफ नपाएपछि पौडेल पक्षले पत्रकार सम्मेलन मार्फत आजै आफ्नो धारणा सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल पक्षले सभापति देउवालाई आज बुझाएको लिखित पत्रमा पार्टी विभागमा गठन र […]

कांग्रेसको ज्येष्ठ राजनीतिज्ञ सभामा रामेछापका ३ जना मनोनित

नेपाली कांग्रेसले ज्येष्ठ राजनीतिज्ञ सभामा रामेछापका ३ जना नेतालाई मनोनित गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले बुधबार मनोनित गरेका ४ सय ७९ मध्ये १२ जना जेष्ठ राजनीतिज्ञ सभामा परेका हुन् । राजनीतिज्ञ सभामा जिल्लाका पुराना नेताहरू शिब बहादुर खड्का , मेघ बहादुर खत्री र डिक बहादुर तामाङ मनोनित भएका छन् । कांग्रेसको विधानको नियमावलीको […]