दुई अध्यक्षबीचमा सहमति हुन नसक्दा मन्त्रीमण्डल हेरफेरमा ढिलाइ

दुई अध्यक्षबीचमा सहमति हुन नसक्दा मन्त्रीमण्डल हेरफेरमा ढिलाइ

नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षबीचमा सहमति हुन नसक्दा मन्त्रीमण्डल हेरफेरमा ढिलाइ भएको छ । नेकपाको सचिवालय बैठकले मन्त्रीमण्डल हेरफेर गर्ने औपचारिक सहमति गरेको भएपनि क– कसलाई मन्त्री बनाउने भन्नेमा सहमति नजुट्दा मन्त्रीपरिषदका सदस्य हेरफेरमा ढिलाइ भएको हो । भागबण्डाका लागि मन्त्रालय टुक्र्¥याउनेदेखि राम्रा काम गरिरहेका मन्त्रीलाई फिर्ता बोलाउने सम्मको तयारी भइरहेको भएपनि औपचारिक निर्णय भने हुन सकेको छैन । यस बिषयमा प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचमा बारम्बार छलफल भए पनि सहमति भने भएको छैन । नेकपाका स्थायी कमिटि सदस्य हरिबोल गजुरेलले छलफल भइरहेको र सहमति हसुने बताउनुभयो । नेकपामा मन्त्री बन्न चाहने आकाङ्क्षीको सूची लामो भएपछि मन्त्रीमण्डल हेरफेरको विषय टुङ्ग्याउन नेतृत्वलाई सकस भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार