संसद बिघटनको सिफारीस प्रति नेकपा रामेछाप नगर कमिटिको प्रेस विज्ञप्ति

संसद बिघटनको सिफारीस प्रति नेकपा रामेछाप नगर कमिटिको प्रेस विज्ञप्ति

नेपाल कम्युनिष्ट पार्टि नेकपा रामेछाप नगर कमिटिले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद बिघटनको सिफारीस प्रति खेद प्रकट गरेको छ । पार्टिले एक बिज्ञप्ती जारी गरी आइतवार प्रधानमन्त्री के पी शर्मा ओलीले नयाँ जनादेशका नाममा संसद बिघटन गरी निर्वाचनमा जाने गरेको निर्णय संविधानको बर्खिलापमा भएको र उक्त कदमले नेकपाका तमाम कार्यकर्ता र जनताको भावनामा चोट पुगेको भन्दै सो कदमप्रति खेद प्रकट गरेको हो । बिज्ञप्तीमा वर्तमान प्रधानमन्त्री ओलीले गरेको असम्बैधानिक कदमको खेद प्रकट गरिएकोे छ । बिज्ञप्तीमा रामेछाप नगर कमिटीका अध्यक्ष मोतिलाल तमाङ, सचिब होतराज ढकाल, कार्यालय सदस्यद्वय नरेश वावु श्रेष्ठ र इन्दिरा बख्रेलले हस्ताक्षर गर्नुभएको छ । यस अघि नेपाल कम्युनिष्ट पार्टि रामेछापले पनि छुट्टै बिज्ञप्ती जारी गरी उक्त कदमको खेद प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार