नेपाली काँग्रेसले रामेछाप सहित आज ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

नेपाली काँग्रेसले रामेछाप सहित आज ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

नेपाली काँग्रेसले आज देशभरका ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा काँग्रेले चरणवद्ध आन्दोलनको घोषणा गरेको हो । पूर्व घोषित कार्यक्रम अन्तर्गत आज देशभरका ७ सय ५३ वटै स्थानीय तहमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रदर्शन गर्न लागेको हो । काँग्रेस सभापति शेरबहादुर देउवाले विरोध प्रदर्शनमा सहभागी हुन अपिल गर्नुभएको छ । उहाँले आजको विरोध प्रदर्शनमा सक्रिय रुपमा सहभागी हुन पार्टीका कार्यकर्तालाई आग्रह गर्नुभएको हो । हिजोसभापति देउवाले विज्ञप्ति जारी गर्दै पार्टीको सबै तहका कार्यकर्ता र समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा सहभागी भएर अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न आग्रह गर्नुभएको हो । संसद विघटनको कार्यलाई नेपाली काँग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ । यसअघिकाँग्रेसले पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार