प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आज रामेछाप सहित देशभर प्रदर्शन गर्ने

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आज रामेछाप सहित देशभर प्रदर्शन गर्ने

प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज रामेछाप सहित देशभर प्रदर्शन गर्दैछ । एक सय ६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागिएको कांग्रेसले जनाएको छ । कांग्रेसकाअनुसार हरेक सङ्घीय निर्वाचन क्षेत्रमा विरोध ¥याली र सभा हुनेछ । विभिन्न निर्वाचन क्षेत्रमा दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर थिमिमा आयोजना हुने सभालाई सम्बोधन गर्नुहुने भएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा हुने सभालाई सम्बोधन गर्नुहुनेछ । महामन्त्री डा.शशांक कोइरालाले नवलपुरमा, प्रकाशमान सिंहले बानेश्वरमा, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वरमा र गगन थापाले नेपालगञ्जमा हुने सभालाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार