नेकपा रामेछाप नगर कमिटीद्धारा पार्टी एकताबद्ध रहेको सन्देश

नेकपा रामेछाप नगर कमिटीद्धारा पार्टी एकताबद्ध रहेको सन्देश

नेकपा रामेछाप नगर कमिटीले आफुहरु एकै ठाउँमा उभिएर एकताबद्ध रहेको सन्देश दिएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल र शहीद गंगालालको जन्मभूमि समेत रहेको रामेछाप नगर कमिटीमा रहेका अध्यक्ष, सचिव र तीन जना कार्यालय सदस्यहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गरेर पार्टी एकताबद्ध रहेको सन्देश दिएका हुन् । नेकपा रामेछाप नगर कमिटीका अध्यक्ष मोतीलाल तामाङ, सचिव होतराज ढकाल, कार्यालय सदस्य रोशन पाख्रिन, कार्यालय सदस्य नरेशबाबु श्रेष्ठ र कार्यालय सदस्य इन्दिरा बख्रेलद्धारा संयुक्त रुपमा जारी गर्दै आफूहरु पार्टी एकताको पक्षमा उभिएको बताएका छन् । नगर कमिटीद्धारा जारी विज्ञप्ती अनुसार पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विषयमा रामेछाप नगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ,यसबाट सृर्जित पार्टी फुटको अवस्थामा रामेछाप नगर कमिटी नेकपाको संस्थापक महासचिव पुष्पलाल र प्रजातान्त्रिक आन्दोलनका महान शहीद गंगालालको जन्मभूमिबाट रामेछाप नगर कमिटी एकताबद्ध रहेको जानकारी गराउदछ । रामेछाप नगरवासी आमा बुबा दार्जभाई तथा दिदीबहिनीहरुमा संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाको लागि नेकपा नगर कमिटी एकजुट भएर अगाडि बढनेको लागि हार्दिक अपिल गर्दछौ, विज्ञप्तीमा भनिएको छ ।

नगर कमिटीद्धारा जारी विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार