विहिबार नेपाली कांग्रेसले रामेछापका ६४ वटै वडामा विरोध प्रदर्शन गर्ने

विहिबार नेपाली कांग्रेसले रामेछापका ६४ वटै वडामा विरोध प्रदर्शन गर्ने

प्रतिनिधिसभा विघटनको विरुद्धमा आन्दोनरत नेपाली कांग्रेसले विहिबार रामेछापको ६४ वटै वडामा विरोध प्रदर्शन गर्दै छ । केन्द्रका घोषित कार्यक्रम अनुसार नेपाली कांग्रेस रामेछापले सबै वडामा विरोध विरोध प्रदर्शन गर्न निर्देशन दिएको छ । प्रदेश निर्वाचन क्षेत्र र आठ वटै स्थानीय तहमा विरोध प्रदर्शन सम्पन्न गरेको नेपाली कांग्रेस रामेछापले विहिबार सबै वडामा विरोध प्रदर्शनको कार्यक्रम गर्न लागेको हो । नेपाली कांग्रेस रामेछापका सचिव लेख बहादुर कार्कीले संसद विघटनको असंवैधानिक कदमको विरुद्ध सबै वडामा विरोध प्रदर्शन गर्न लागिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार