प्रदेशमा पनि एमाले प्रमुख प्रतिपक्षी भूमिकामा
सत्ता गठबन्धनबीचको पूर्व सहमति कार्यान्वयनका कारण प्रदेश सरकारको नेतृत्वबाट नेकपा एमाले बाहिरिएको छ । योसँगै प्रदेश र सङ्घमा एमाले प्रमुख प्रतिपक्षी दलको भूमिकामा पुगेको छ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले हिजो राजीनामा दिएसँगै पुगेकामध्ये सबै प्रदेश सरकारको नेतृत्वबाट एमाले पूर्ण रूपमा बाहिरिएको हो । गत भदौ १० गते आचार्य मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो […]

