वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाए

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाए

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाउनुभएको छ । आज सोमवार प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ मत खसेको हो ।

त्यस्तै उहाँको विपक्षमा ४३ मत खस्दा दुई मत तटस्थमा खसेको छ । प्रदेश सभामा एक सय नौ रहेकामा आज एक सय चार जना उपस्थित भएका थिए ।

उहाँले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी र जनता समाजवादी पार्टीलाई विश्वासको मत दिन आग्रह गर्नुभभएको थियो ।

त्यस अवसरमा मुख्यमन्त्री पाण्डेले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो । मुख्यमन्त्री पाण्डेले वागमती प्रदेशको प्रगति र विकासलाई अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार