प्रधानन्यायाधीश जबराको राजीनामाको विषयमा बारमा विभाजन

प्रधानन्यायाधीश जबराको राजीनामाको विषयमा बारमा विभाजन

प्रधानन्यायाधीश जबराको राजीनामाको विषयमा नेपाल बार एसोसियसन भने विभाजित भएको छ । बारका अधिकांश सदस्यले सर्वोच्च अदालत परिसरमा कालो पट्टी बाँधेर धर्ना दिएका छन् ।

तर सोही स्थानमा स्वागत नेपाल, भूमिनन्द सापकोटासहितका कानुन व्यवसायीले भने अदालतमा इजलास चल्नुपर्ने माग गर्दै हातमा सेतो पट्टी बाधेर हिजो प्रदर्शन गरेका थिए ।

न्यायालयको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने मागसहित बारका सदस्यहरू धर्नामा बस्दा केहीले भने इजलासको निरन्तरताको माग गर्दै प्रर्दशन गरेका हुन् । आफूहरूले कात्तिक १७ गतेसम्म विरोधको कार्यक्रम जारी राख्ने नेपाल बार एसोसियसनका कोषाध्यक्ष रुद्रप्रसाद पोखरेलले बताउनुभयो ।

अधिवक्ता नेपाल,सापकोटालगायत वकिलहरूको नेतृत्वमा कालो पट्टीविरुद्ध सेतोपट्टी आन्दोलन भएको हो ।उनीहरूले मुद्दा नहेर्ने न्यायाधीश र इजलासमा नजाने वकिलले जनताको अधिकार खोसेको आरोप लगाएका छन् । सीआईएनसंग कुराकानी गर्दै अधिवक्ता स्वागत नेपालले इजलास बहिस्कार गर्नु गलत भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार