प्रदेशमा पनि एमाले प्रमुख प्रतिपक्षी भूमिकामा

प्रदेशमा पनि एमाले प्रमुख प्रतिपक्षी भूमिकामा

सत्ता गठबन्धनबीचको पूर्व सहमति कार्यान्वयनका कारण प्रदेश सरकारको नेतृत्वबाट नेकपा एमाले बाहिरिएको छ । योसँगै प्रदेश र सङ्घमा एमाले प्रमुख प्रतिपक्षी दलको भूमिकामा पुगेको छ ।

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले हिजो राजीनामा दिएसँगै पुगेकामध्ये सबै प्रदेश सरकारको नेतृत्वबाट एमाले पूर्ण रूपमा बाहिरिएको हो । गत भदौ १० गते आचार्य मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

मुख्यमन्त्री आचार्यले जनताको चाहना र संसदको अङ्कगणित नमिलेका कारण राजीनामा दिएको बताउनुभयो । २०७४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि चारवटा प्रदेश सरकारको नेतृत्वमा एमाले पुगेको थियो ।

एमाले संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङले एमालेलाई सरकारमा रहनु र नरहनुले फरक नपार्ने बताउनुभयो । आफ्नो पार्टी महाधिवेशनमा केन्द्रीत रहने पनि उहाँको भनाइ छ । यसअघि गण्डकी, लुम्बिनी र बागमती प्रदेश सरकारको नेतृत्वबाट एमाले बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार