हिमाली क्षेत्रको संवेदनशीलतालाई विश्व जगतले बुझ्नुपर्नेमा प्रधानमन्त्री देउवाको जोड

हिमाली क्षेत्रको संवेदनशीलतालाई विश्व जगतले बुझ्नुपर्नेमा प्रधानमन्त्री देउवाको जोड

प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारणले नेपालको हिमाली क्षेत्र दिन प्रतिदिन प्रभावित हुँदै गैरहेको बताउनु भएको छ । यसको संवेदनशिलताप्रति नेपाल मात्र नभइ सिङ्गो विश्व चिन्तित हुनुपर्ने उहाँको भनाइ छ ।

संयुतm अधिराज्य (बेलायत) को ग्लास्गोमा गएराति आयोजित जलवायू परिवर्तनसम्बन्धी विश्वसम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले हिमाली क्षेत्रको संवेदनशीलतालाई विश्व जगतले नजिकबाट नियाल्नु पर्ने बताउनु भएको हो ।

विश्व जलवायु परिवर्तनसम्बन्धी पेरिस संझौता कार्यान्वयनका लागि नेपाल प्रतिबद्ध रहेको जनाउँदै प्रधानमन्त्री देउवाले विकसित मुलुक पनि सम्झौता कार्यान्वयनका लागि उत्तिकै जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो ।

पेरिस सम्झौताले निर्दिष्ट गरेको मार्गचित्रअनुसार नेपालले आफ्ना प्रतिबद्धताहरु पुरा गरेको उहाँको भनाइ थियो । प्रधानमन्त्री देउवाले नेपालले सन २०४५ भित्र शून्य उत्सर्जनमा पुग्ने लक्ष्य राखेको समेत बताउनुभयो ।

देउवाले कुल उर्जा मागको १५ प्रतिशत स्वच्छ उर्जाबाट पूर्ति गर्न सुनिश्चित गरिने तथा नेपालको वन क्षेत्र ४५ प्रतिशत कायम गर्ने सो क्रममा बताउनुभयो । नेपालले नवीकरणीय उर्जाको क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै शून्य उत्र्सजनको दिशातर्फ अगाडि बढन स्वच्छ उर्जा विकासको अभियानलाई प्रााथमिकतामा राखेर काम गरिरहेको उहाँले बताउनुभयो ।

सम्मेलनमा १ सय १७ देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखको सहभागिता रहेको छ । उनीहरूले आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादव लगायत उच्च सरकारी अधिकारीहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार