रामेछापमा नेपाली कांग्रेसको अधिवेशनको मतगणनामा धाँधली भएको भन्दै पुनः मतगणनाको माग

रामेछापमा नेपाली कांग्रेसको अधिवेशनको मतगणनामा धाँधली भएको भन्दै पुनः मतगणनाको माग

हालै सम्पन्न नेपाली कांग्रेस रामेछाप जिल्ला अधिवेशनको मतगणनामा धाँधली भएको भन्दै कांग्रेस रामेछापका नेताहरुले केन्द्रीय निर्वाचन समितिसमक्ष पुनःमतगणनाको माग गरेका छन् ।

जिल्ला अधिवेशनका क्रममा महाधिवेशन प्रतिनिधिको मतपेटिकामा जिल्ला समितिका पदाधिकारीको मत भेटिएको, जिल्ला कार्यसमितिका पदाधिकारीहरु र सदस्यको मतपेटिकामा महाधिवेशन प्रतिनिधिका ४९ मत भेटिएकोले हँुदा पुनः मतगणनाको मागसहित मंगलबार केन्द्रीय समितिमा निवेदन परेको हो ।

जिल्ला उपसभापति पदका उम्मेदवार बेदराज लामा, महाधिवेशन प्रतिनिधिका उम्मेदवार गजेन्द्रबहादुर कार्की, झनक श्रेष्ठ, सिर्जना खड्का, सुमित्रा मोक्तान र डा. सुमन कर्माचार्यले निवेदन दिनुभएको छ ।

निवेदनमा उम्मेदवारहरुलाई मतगणनाको आचारसंहिताबारे जानकारी नदिएको, मतगणनास्थलमा पस्न नदिएको, सीमित उम्मेदवारको दबाबमा मत गनिएकोले जित्ने उम्मेदवार हार्ने र हार्नेले जित्ने सम्भावना भएकाले केन्द्रीय समितिमा झिकाएर पुनः मतगणना गर्न माग गरेको निवेदकमध्येका झनकबहादुर श्रेष्ठले बताउनुभयो ।

हिमाली जिल्ला रामेछापमा गएको असोज २६ गते जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार