रामेछाप हिलेपानी भालुखोप कालोपत्रे सडक गुणस्तरहिन : स्थानीय आक्रोशित

रामेछाप हिलेपानी भालुखोप कालोपत्रे सडक गुणस्तरहिन : स्थानीय आक्रोशित

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ हिलेपानी भालुखोप कालोपत्रे सडक गुणस्तरहिन काम भएको भन्दै स्थानिय आक्रोशित भएका छन । कालोपत्रे सडक निर्माण भएको एक महिना नपुग्दै भत्कन थालेको छ । एक महिनामै सडक भत्कन थालेपछि गुणस्तरहिन सडक निर्माण गरिएको भन्दै स्थानीय आक्रोशित बनेका हुन । कालोपत्रे गरिएको सडक मानिसले हात लगाएर तान्दा सजिलैसँग उक्किने गरेको भन्दै स्थानियले गुणस्तरहिन काम गर्ने कम्पनीलाई कारबाही गर्नुपर्ने माग गरेका छन ।

हिँउदमा धुलाम्मे र वर्खामा हिलाम्मे हुने सडक कालोपत्रे भएपछि आवतजावतमा सहज होला भन्ने ठानेका थियौँ,’ ‘तर, कालोपत्रे गरेको एकै महिना नपुग्दै भत्कन थाल्यो, स्थानिय जागेश्वर कार्कीले भन्नुभयो । अर्का स्थानिय सुवाश थापाका अनुसार सडकको विचविचमा केही ठाउँमा खाल्डाखुल्डी परेको छ । सडकको कतिपय भागमा नाला समेत नबनाई कालोपत्रे गरिएको छ ।

रामेछाप नगरपालिकाका ईन्जिनियर कुशुम भट्टराईले हिलेपानी भालुखोप कालोपत्रे सडक गुणस्तरहिन काम भएको भन्दै स्थानिय आक्रोशित भएपछि आफुहरुले सडक विभाग खाल्टेका विज्ञसहितको टोलीलाई बोलाएर सडक अनुगमन गरेको बताउनुभयो । सडक निर्माण गर्दा विटुमिनसँग बेस, सबबेस तयार पार्न प्रयोग गरिने सबै निर्माण सामाग्री गुणस्तरको भए नभएको भन्नेबारेमा चेकजाँच भईरहेको उहाँले बताउनुभयो । निर्माण सामाग्रीको क्वालिटी कन्ट्रोल गर्न नसकिएका कारण सडकको कालोपत्रे उक्किएको उहाँको भनाई छ । निर्माण कम्पनीलाई तत्काल पुन सडक मर्मत गर्न नगरपालिकाले निर्देशन दिएको ईन्जिनियर भट्टराईले बताउनुभयो । अबको केही दिनमै निर्माण कम्पनीले पुन सडक मर्मतको काम थाल्ने छ ।

उक्त सडक न्यु सताक्री नमुना जेभीले २०७७ जेठ २७ गते एक वर्ष भित्र निर्माण सक्ने गरी सम्झौता गरेको थियो । एक वर्षको अवद्यिमा काम सम्पन्न भएपनि सडक निर्माण गर्ने क्रममा निर्माण कम्पनीले गुणस्तरहिन काम गरेपछि सडक अवस्था नाजुक बनेको छ । रामेछाप नगरपालिकाको लगानीमा हिलेपानी देखि भालुखोप डाँडासम्म कालोपत्रे भएको उक्त सडक १३ सय ४५ मिटरको छ । उक्त सडक १ करोड ५१ लाख ८३ हजार बजेटमा काम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार