रामेछाप सेलेघाट साँघुटार सडक आयोजनाको कार्यालयमा ठेकेदारले लगाए ताला

रामेछाप सेलेघाट साँघुटार सडक आयोजनाको कार्यालयमा ठेकेदारले लगाए ताला

रामेछाप सेलेघाट साँघुटार सडक आयोजनाको कार्यालयमा आज स्थानिय ठेकेदारहरुले ताला लगाएका छन । सेलेघाट साँघुटार पिच सडकको काम गरिरहेको स्थानिय ठेकेदारहरुले काम गरेको ८ महिना भैसक्दा पनि एक रुपैयाँ पनि भुक्तानी नपाएको भन्दै आयोजनाको कार्यालय रहेको रामेछाप नगरपालिका वडा नं ८ भंगेरीमा पुगेर ताला लगाएका हुन । सो आयोजना अन्तर्गत ५० किलो मिटरको सो सडक पिच गर्न अहिले सडक खुल्ला गर्ने काम भईरहेको छ ।

भारतिय कम्पनी टिसीआईएलले ठेक्का पाएको उक्त आयोजनाको काम उसले नेपाली कम्पनी सिद्धि शाहि प्रकाश प्रालि मार्फत गरिरहेको छ । सिद्धि शाहि प्रकाश प्रालिले रामेछाप सेलेघाटदेखी साँघुटारसम्म ५० किलोमिटर सडक पिच गर्न ७ वटा निर्माण कम्पनीलाई काममा लगाइरहेको छ तर सिद्धि शाहि प्रकाश प्रालिले काम सुरु भएको ८ महिना भैसक्दा पनि एक रुपैया पनि भुक्तानी नदिएको न्यु सगरमाथा कन्स्ट्रकसन प्रालीका सन्चालक सुवाश थापाले बताउनुभयो । आपनै खर्चमा यति लामोसम्म काम गर्दा पनि भुक्तानीका लागी सबै प्रक्रिया पुरा गरेर कागजपत्र पेश गर्दा पनि रकम नआएको थापाले बताउनुभयो ।

उक्त सडक आयोजनामा काम गर्ने मजुदरहरुले पनि काम गरेको ८ महिना भैसक्दा समेत भुक्तानी पाएका छैनन् । मजदुरहरुले यो कोरोना महामारीको समयमा पनि रातदिन काम गरिरहे । तर सिद्धि शाहि प्रकाश प्रालिले कामसुरु भएको यतिका समय हुँदा पनि रकम नदिँदा समस्या भएको लक्सना कन्स्ट्रकसन एण्ड सप्लायर्स प्रालीका सन्चालक राजेश तामाङले बताउनुभयो । “मजुरहरु हामीसँग पैसा माग्छन,हामीले पैसा पाएका छैनौ,अब उनिहरुलाई कसरी पैसा दिने ।” उहाँले भन्नुभयो ।

सेलेघाट साँघुटार सडक आयोजनाका कन्ट्याक म्यानेजर श्यामानन्द गुप्ताले केही स्थानिय निर्माण कम्पनीको विल पठाउन बाँकी रहेकाले ति सबै ७ वटै कम्पनीको विल असार १० गते भित्र पठाइसक्ने र असार मसान्तसम्म उनिहरुले भुक्तानी पाउने बताउनुभयो । यो ८ महिनाको अवद्यिमा उक्त सडक आयोजनमा काम गरिरहेका ७ वटा कम्पनीको लगभग २२ करोड रकम खर्च भैसकेको छ । ५ सय जना कामदारहरुले ८ महिना काम गरेको ज्याला पाउनै बाँकी छ ।

देशका विभिन्न जिल्लाहरुबाट रामेछाप आएका मजदुरहरु काम गरेको ज्याला नपाएको भन्दै आन्दोलनमा उत्रने तयारी गरिरहेका छन । भारतिय कम्पनी टिसीआईएलका प्रमुख अमेरेन्द्र कुमार चौधरीले नेपाली कम्पनी सिद्धि शाहि प्रकाश प्रालिका प्रमुख दिपेन्द्र शाहिलाई १८ करोड रुपैयाँ भुक्तानीको लागी पठाएको भएपनि सिद्धि शाहि प्रकाश प्रालिका प्रमुख दिपेन्द्र शाहि पैसा नदिई सम्पर्क विहिन भएर बसेको स्थानिय ठेकेदाहरुको भनाई छ ।

उनिहरुको आफुहरुको खर्च भएको रकम भुक्तानी नपाएसम्म उक्त कार्यालयको ताला नखोल्ने र आयोजनाको काम ठप्प पार्ने चेनावनी दिएका छन । हामीले पनि टिसीआईएलका प्रमुख अमेरेन्द्र कुमार चौधरी र सिद्धि शाहि प्रकाश प्रालिका प्रमुख दिपेन्द्र शाहिलाई धेरै पटक फोन गर्यौ तर उनिहरुको फोन उठेन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार