विनाशकारी भूकम्पको ६ वर्ष पूरा, ९३ प्रतिशत निजी आवासमा पुनर्निर्माण
१२ वैशाख ०७२ मा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पको आज ६ वर्ष पूरा भएको छ । भूकम्पले ध्वस्त बनाएका कयौँ संरचना पुनर्निर्माण भएका छन् । विशेषगरी विद्यालय भवन, सुरक्षा निकाय भवन र सडक निर्माणमा राम्रो प्रगति भएको छ । आमसर्वसाधारणको चासो रहेको ऐतिहासिक महत्वका धरहरा, रानीपोखरीजस्ता सम्पदाको पुनर्निर्माण पनि सम्पन्न भएका छन् । राष्ट्रिय पूर्वाधार प्राधिकरणका […]