काठमाडौंमा रामेछापकी एक महिलाले गरिन् आफैंले आगो लगाएर आत्महत्या
रामेछापका एक महिलाले काठमाडौंमा शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । रामेछापको मन्थली नगरपालिका वडा नं ४ घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले आगो लगाएर आत्महत्या गरेको त्यहाँका प्रहरी सहायक निरीक्षक श्याम तामाङले जानकारी दिनुभयो । प्रहरीका अनुसार श्रेष्ठले शुक्रबार दिउँसो पौने ३ बजेको समयमा पेट्रोल छर्केर आगो लगाएकी […]