सिन्धुपाल्चोकको मेलम्ची र बरुवामा बेपत्ता भएका १० मध्ये ५ जनाको शव फेला

अविरल वर्षासँगै आएको पहिरोले मेलम्चीमा पुरिएका ८ कामदार मध्ये ५ जनाको शव भेटिएको छ । तर उनीहरूको पहिचान हुन बाँकी छ । बिहान साढे २ बजेको समयमा मेलम्ची नगरपालिकाको वडा नम्बर ११ मेलम्ची बजारको पिपलबोट छेउमाथीबाट पहिरो गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो । पहिरोमा बेपत्ता हुनेहरुमा राजेन्द्र चौरसिया, […]

मुलुकभर थप ३ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि

मुलुकभर थप ३ सय १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित जानकारीका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ सय १५ जना सङ्क्रमित फेला परेको जानकारी दिनुभएको हो । सङ्क्रमितको संख्या २० हजार ८६ पुगेको छ । २४ घन्टामा ९३ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताउनुभयो […]

प्रहरी प्रधान कार्यालय, नक्सालमा कोरोना सङ्क्रमित हुनेको संख्या ७२ पुग्यो

प्रहरी प्रधान कार्यालय, नक्सालमा कोरोना भाइरस सङ्क्रमित हुनेको संख्या ७२ पुगेको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले कोरोना सङ्क्रमितको संख्या ७२ पुगेको जानकारी दिनुभयो । सङ्क्रमितहरूलाई बलम्बु स्थित सशस्त्र प्रहरीको अस्पतालका भर्ना गरिएको छ । पहिले सङ्क्रमित भएकाहरूको कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाब संकलन गरिएकामा कोरोना संक्रमण पुष्टी भएको उहाँको भनाई छ । सङ्क्रमितहरू […]

काकरभिट्टाका १२ जना शसस्त्र प्रहरीमा कोरोना देखियो

पुर्वी नाका काकरभिट्टाका १२ जना शसस्त्र प्रहरीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । साउन ११ गते कारभिट्टाको होल्डीङ सेन्टरमा ३२ जना शसस्त्र प्रहरीको स्वाब संकलन गरिएकामा १२ जनामा सङ्क्रमण देखिएको छ । २० जनाको रिपोट भने नेगेटिभ अर्थात कोरोना नभएको आएको बिराटनगर स्थीत कोशी अस्पतालको कोरोना उपचार केन्द्रले आज सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । […]

अतिआवश्यक सेवा बाहेक काठमाण्डौँ आवतवाजत बन्द

गृहमन्त्रलयले साँझ ७ बजेदेखि भोलिपल्ट विहान ७ बजेसम्म काठमाण्डौ उपत्यकाका नाकामा प्रवेश गर्न रोक लगाएको छ । बिहीबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले रातको समय काठमाण्डौ उपत्यका प्रवेशमा रोक लगाएको हो । मन्त्रालयले उपत्यका भित्रिने धेरै यात्रुमा कोरोना संक्रमण देखिएको भन्दै यो निर्णय गरेको हो । यो निर्णय साउन १५ देखि नै लागू हुने गरी साँझ […]

आफैं आफ्नो अपहरणको नाटक गर्ने व्यक्ती १८ घण्टाभित्र पक्राउ

आफै आफ्नो अपहरणको नाटक गर्ने ब्यक्तीलाई सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको छ । बाह्रविसे नगरपालिका ४ सानोपलातीका ३२ वर्षका जीवन खत्रीलाई अपहरको नाटक गरी झुटा अपबाह फैलाइ समाजमा समेत नकारात्मक प्रभाव पारेको अभियोगमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको एसपी प्रज्वल महर्जनले बताउनुभयो । प्रहरी प्रमुख महर्जनका अनुसार साउन १३ गते राति साढे १२ बजे घरमा […]

अवैध सम्बन्ध राख्दा राख्दै रंगेहात पक्राउ परे वडाध्यक्ष

कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ का वडाध्यक्ष एवं सत्ताधारी नेपाल कम्युनिष्ट पाटीका जिल्ला कमिटी सदस्य दलबहादुर विश्वर्कमा एक स्थानिय महिलासंग अवैध सम्बन्ध राख्दा राख्दै रंगेहात पक्राउ परेका हुन । नरहरिनाथ गाँउपालिका वडा नं ७ कै एक स्थानीय महिलासँग अवैध सम्बन्ध राख्दै गर्दा अन्य स्थानीयले उनलाई रंगेहात पक्राउ गरेका हुन् । अत्याधिक मदिरा सेवन गरी पटक–पटक एक […]

दुई सेनाका जवानसहित ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि

नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनाका जवानसहित ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित हुनेमा पर्साका ५० जना र बाराका ३ जना रहेका छन् । वीरगञ्जस्थित आर्मी क्याम्पका ३४ वर्षका २ जना नेपाली सेनामा कोरोना देखिएको छ । यसअघि गत मङ्गलबार गरिएको पीसीआर परीक्षणमा ३४ जना सक्रमित मध्ये १ जना सेनाका […]

रामेछापको ऐतिहासिक तिल्के थान गढि (फोटोफिचर )

नेपाल एकिकरणका बेला विर गोर्खालीहरुले लडाई लड्न सहजहोस भनेर निर्माण गरेको गढि तिल्के थान गढि पनि हो । सिन्धुली गढिको विकल्पमा लडाई लड्नको लागी विर गोर्खालीहरुले तिल्के थान गढि निर्माण गरेको स्थानिय बुढापाकाहरुको भनाई छ । तिल्के थान गढिमा फेला परेको पुरानो लेखले पनि सोहि कुरा बताउँछ । तिल्के थान गढिमा ४ कोठाको दरबार , […]

कार्यसम्पादन मूल्याङ्कनमा सिन्धुपाल्चोक उत्कृष्ट

गृह मन्त्रालयले हरेक वर्ष गर्ने कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ए ग्रेडमा परेको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार सिन्धुपाल्चोक यो वर्ष अति उत्तम ए मा पर्न सफल भएको हो । गृह मन्त्रालयका सचिव र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबिच आर्थिक वर्ष ०७६ र ७७ मा कार्यसम्पादन मुल्यांकन सम्झौता भएको थियो । ६ […]