सरकार गठन गर्न दलहरुलाई राष्ट्रपति भण्डारीको आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसद्मा विश्वासको मत हासिल गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (२) अनुसारको सरकार गठन गर्न राजनीतिक दलहरुसँग आह्वान गर्नुभएको छ । उहााले यसका लागि दलहरुलाई आगामी वैशाख ३० गतेसम्मको समय सिमा दिनुभएको छ । राष्ट्रपति कार्यालयद्वारा गयराति जारी विज्ञप्तिमा ‘संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व […]

रामेछापमा निशेधाज्ञा उल्लंघन गर्दै यात्रु बोकेको सुमो दुर्घटना

निशेधाज्ञा उल्लंघन गर्दै यात्रु बोकेको सुमो दुर्घटना भएको छ । रामेछापको मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको सिमानामा पर्ने कुकुर काटे भन्ज्याङ भन्ने ठाउँमा आज दिउँसो सुमो दुर्घटना भएको हो । रामेछापको पुरानो सदरमुकाम रामेछाप डाँडाबाट यात्रु बोकेर लिखु तामाकोसी गाउँपालिका नागदह तर्फ जाँदै गरेको ना १ ज ३५१५ नं को सुमो दुर्घटना भएको हो । […]

देशभरका आठ जिल्लाबाहेक सबै जिल्लामा निषेधाज्ञा

आठ जिल्लाबाहेक सबै जिल्लामा निषेधाज्ञा लागू भएको छ । दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म ६९ जिल्लामा निषेधाज्ञा घोषणा भएको छ ।निषेधाज्ञा जारी गर्न बाँकी रहेका जिल्लामा मनाङ, मुस्ताङ, तेह्रथुम, खोटाङ, भोजपुर, पाँचथर, लमजुङ र रुकुम पूर्व रहेका छन् । गृह मन्त्रालयले पूर्ण र आंशिक गरेर ६८ जिल्ला भने पनि सोलुखुम्बुमा पनि गएरातिदेखि निषेधाज्ञा […]

रामेछाप नगरपालिकाका उपमेयरले बनाए आफू चढ्ने गाडीलाई एम्बुलेन्स

रामेछाप जिल्लामा कोरोना संक्रमित दैनिक बढ्दै गएपछि रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले आफु चढ्ने गाडीलाई कोरोना संक्रमित बोक्ने एम्बुलेन्सको रुपमा व्यवस्थापन गर्नुभएको छ । नगरपालिका भित्रै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जाँदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव नहोस भनेर आफुले चढ्ने गाडीलाई एम्बुलेन्स बनाइएको उहाँले बताउनुभयो । ’नगरवासीहरुलाई उपचारका लागि अस्पताल पुग्न सहजहोस,यस्तो […]

रामेछापका बजारहरुमा फेरी निषेधाज्ञा एक साता थप

जिल्ला प्रशासन कार्यालय रामेछापले रामेछापका बजारहरुमा जारी निषेधाज्ञा एक साता थप गरेको छ । आज बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जारी निषेधाज्ञा जेठ ३ गते सोमबार मध्यराति १२ः०० सम्म थप गर्ने निणर्य गरेको हो । रामेछाप प्रशासनले यसअघि मन्थली नगरपालिका वडा नं १ को मन्थली बजार क्षेत्र र वडा नं. २ […]

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ८० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ५० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५ सय ६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८ सय ५० पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण […]

आज कोरोनाका कारण ५३ जनाको मृत्यु, ८ हजार ४ सय १८ सङ्क्रमित

पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ४१८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि हिजो नेपालमा ९ हजार १ सय ९६ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने ५० जनाको मृत्यु भएको थियो । आज १७ हजार ३ सय १५ जनाको पीसीआर […]

रामेछापमा थपिए ३८ जना कोरोना संक्रमित, सक्रिय संक्रमित १०१ पुग्यो

रामेछापमा आज एकैदिन थप ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्गै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १०१ जना पुगेको छ । मन्थली प्रथामिक स्वास्थ्य केन्द्रबाट पठाइएको २६ जनाको स्वाबमा २० जना र दोरम्बा शैलुङ्ग गाउँपालिकाबाट पठाइएको ४० जनाको स्वाबमध्ये १० जना , रामेछाप नगरपालिकामा सात जना र खाँडादेवी गाउँपालिकाको एकजना गरी आज […]

नेपालमा ९ हजार २३ जना कोरोना सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार २३ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ९८७ परीक्षणबाट आज ९ हजार २३ जना सङ्क्रमित फेला परेका हुन् । आजकाठमाडौँ उपत्यकामा मात्रै ४ हजार १ सय६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. […]

रामेछापमा थप ९ जनामा कोरोना संक्रमण,सकृय संक्रमित ७७ पुग्यो

रामेछापमा कोरोना संक्रमित दैनिक बढ्न थालेका छन । आज फेरी रामेछापका ९ जनामा कोरोना संक्रमण देखिएको छ । रामेछाप नगरपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । खाँडादेवी गाउँपालिकाका ३ जनामा कोरोना पुष्टि भएको छ । जिल्लामा कोरोनाका ७७ जना सकृय संक्रमित आईसोलेसनमा रहेका छन । यि मध्ये २ जनालाई भने जिल्लामा उपचार सम्भव […]