किशोरीलाई बलात्कार गरेर फरार रामेछापका खड्का पक्राउ

किशोरीलाई बलात्कार गरेर फरार रामेछापका खड्का पक्राउ

किशोरीलाई बलात्कार गरेर फरार रामेछापका एक युवक पक्राउ परेका छन ।

ललितपुर इमाडोलमा एक किशोरीलाई बलात्कार गरेर फरार रहेका रामेछापको मन्थली नगरपालिका वडा नं १४ खारपानी पाल्लेका २७ बर्षिय छत्र बहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय रामेछापले आज मन्थलीबाट पक्राउ गरेको हो ।

२०७३ जेठ १३ मध्ये रातमा किशोरीले आफूमाथि जबरजस्ती करणी भएको भन्दै जिल्ला प्रहरी कार्यालय ललितपुरमा उजुरी दिएकी थिइन ।

लामो समयदेखि प्रहरीको खोजीमा रहेका खड्कालाई मन्थलीबाट पक्राउ गरी महानगरीय प्रहरी बृत ललितपुर सातदोबाटोमा बुझाएको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका खड्काले किशोरीको कोठामा प्रवेश गरी जबरजस्ती करणी गरेर फरार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार