रामेछापमा आज १७ जना कोरोना संक्रमित थपिए

रामेछाप जिल्लामा आज १७ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्पतालमा ३ जना,प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा २ जना,,खाँडादेवी गाउँपालिकामा १ जना र गोकुलगंगा गाउँपालिकामा ११ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा २८ सय ४१ जनामा कोरोना सक्रमण भएको छ । जिल्लामा अहिलेसम्म २५ सय २३ जना कोरोना संक्रमणपछि […]

मैँले रामेछापमा गरेजति विकास न पहिलाकाले गरे न अब आउनेले गर्छन : मन्त्री ढुंगेल

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले रामेछापमा विकास निर्माणका कामले गति लिएको बताउनुभयो । विगतमा आफु जिल्ला विकास समितीको सभापति हुँदा जिल्लामा सडक,विद्युत,यातायात,खानेपानी पुल जस्ता विकासका पूर्वधारहरु केही पनि नभएको स्मरण गर्दै उहाँले आफु प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री बनेदेखी जिल्लामा आमुल परिवर्तन ल्याएको बताउनुभयो । मुख्य मन्त्री डोरमणी पौडेलले आफुलाई मन्त्री […]

बाग्मती प्रदेशका १३ जिल्ला मध्ये रामेछापमा धेरै विकास भएको छ : मुख्य मन्त्री पौडेल

बाग्मती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले तीन वर्षको अवधिमा प्रदेश सरकारले धेरै राम्रो काम गरेको बताउनुभएको छ । उहाँले विहिबार रामेछाप जिल्लाभित्र निर्मित सडकको संयुक्त रुपमा मन्थलीबाट उदघाटन गर्दै सो कुरा बताउनुभएको हो । प्रदेशका १३ जिल्लामध्ये रामेछाप जिल्लामा सडक,खानेपानी,पुल र सिँचाई जस्ता विभिन्न पूर्वधारहरु निर्माण गर्न प्रदेश सरकारले धेरै लगानी गरेको उहाँले बताउनुभयो । […]

अव्यवस्थित ढुङ्गा खानीले पहिरोको जोखिम

अव्यवस्थित रूपमा सञ्चालन भएका ढुङ्गाखानीले पहिरोको जोखिम बढेको छ । देशभर सञ्चालनमा रहेका करिब एक सय ढुङ्गाखानी मध्ये अधिकांशले वातावरणीय प्रभाव मङ्ल्याङ्कन प्रतिवेदनको पालना गरेका छैनन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका १० मा करिव ४० वर्ष अघिदेखि सञ्चालनमा रहेको ढुङ्गाखानीले करिब सय घरधुरी पहिरोको जोखीममा परेको स्थानीय वासु डल्लाकोटीले बताउनुभयो । नेपालका नुवाकोट, काठमाडाँै, काभ्रेपलान्चोक […]

आज पनि मौसम प्रतिकुल,केही प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ । आज दिउँसो धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति पनि हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको […]

कोरानाको तेस्रो लहरका लागि स्थानीय तहको तयारी

कोरोनाको तेस्रो लहर आएमा स्थानीय सरकारले विगतका कमजोरी सच्याउँदै अघि बढ्ने रणनीति बनाएका छन् । पहिलो र दोस्रो लहरमा स्थानीय सरकारले आवश्यक तयारी नगरेको आलोचना भएको थियो । तर अब भने सम्भावित तेस्रो लहरका लागि तयारीमा लागेको स्थानीय सरकारले बताएका छन् । पर्साको ठोरी गाउँपालिका ब्रम्हपुरकी रोहिणी श्रेष्ठ लाई गत बैशाखमा कोरोनासङ्क्रमण भयो । परिवारका […]

साउन २५ देखि ३२ गतेसम्म मुलुकभरमा खोप अभियान चल्ने

धेरैभन्दा धेरै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने उद्धेश्यले सरकारले यही साउन २५ देखि ३२ गतेसम्म मुलुकभरमा खोप अभियान चलाउने भएको छ । अभियानका लागि खोप केन्द्रहरूको व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको दावी छ । आज भुटानबाट ३ लाख मात्रा कोरोनाविरुद्धको खोप आउने र यसले अभियान चलाउनका लागि सहयोग पुग्ने मन्त्रालयको भनाइ छ […]

भेरोसेल खोपको दोस्रो मात्रा आजबाट लगाइँदै

कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरूले आजदेखि दोस्रो मात्रा लगाउन पाउने भएका छन् । खोप लगाएर २१ दिन पूरा गरेकारूलाई देशैभर दोस्रो मात्राको खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको खोप महाशाखा प्रमुख डा झलक गौतमले बताउनुभयो । उहाँका अनुसार दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म चलाउने तयारी मन्त्रालयको छ । यो […]

रामेछापमा आज ३० जना कोरोना संक्रमित थपिए,२४ जना निको

रामेछाप जिल्लामा आज ३० जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्पतालमा १० जना,प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा १ जना,तामाकोशी अस्पताल मन्थलीमा १ जना,खाँडादेवी गाउँपालिकामा १० जना र गोकुलगंगा गाउँपालिकामा ८ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा २८ सय ७ जनामा कोरोना सक्रमण भएको छ । आज जिल्लामा २४ जनाले […]

रामेछापमा हालसम्म ४३ हजार बढीले लगाए कोरोना भाइरस विरुद्धको खोप

रामेछाप जिल्लामा हालसम्म ४३ हजार ८ सय ५१ जनाले कारोना भाइरस विरुद्धको खोप लगाएका छन् । जिल्लामा प्राप्त खोपको आधारमा खोप अभियान सुरु भएदेखी हालसम्मको अबद्यिमा ४३ हजार ८ सय ५१ जनाले कारोना भाइरस विरुद्धको खोप लगाएका हुन । जिल्लामा कोभिशिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन गरी ४३ हजार बढीले खोप लगाएका हुन् । स्वास्थ्य […]