रामेछापमा नेपाली कांग्रेसको अधिवेशनको मतगणनामा धाँधली भएको भन्दै पुनः मतगणनाको माग
हालै सम्पन्न नेपाली कांग्रेस रामेछाप जिल्ला अधिवेशनको मतगणनामा धाँधली भएको भन्दै कांग्रेस रामेछापका नेताहरुले केन्द्रीय निर्वाचन समितिसमक्ष पुनःमतगणनाको माग गरेका छन् । जिल्ला अधिवेशनका क्रममा महाधिवेशन प्रतिनिधिको मतपेटिकामा जिल्ला समितिका पदाधिकारीको मत भेटिएको, जिल्ला कार्यसमितिका पदाधिकारीहरु र सदस्यको मतपेटिकामा महाधिवेशन प्रतिनिधिका ४९ मत भेटिएकोले हँुदा पुनः मतगणनाको मागसहित मंगलबार केन्द्रीय समितिमा निवेदन परेको हो । […]