रामेछाप भंगेरीमा श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमती घाइते

रामेछाप भंगेरीमा श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमती घाइते

रामेछापमा श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमती घाइते भएकी छन । रामेछाप नगरपालिका वडा नं ८ भंगेरीका वर्ष ३७ का प्रकाश श्रेष्ठले २८ वर्षिया श्रीमती नम्रता श्रेष्ठलाई खुकुरी प्रहार गरेका हुन । मादक पदार्थ सेवन गरेका श्रेष्ठले आईतबार साँझ घरायसी विवादमा श्रीमतीको घाँटी रेट्ने प्रयास गरेका थिए ।

श्रीमतीलाई खुकुरी प्रहार गरेका श्रेष्ठले श्रीमती भागेर बाँच्न सफल भएपछि आफनै घाँटी रेट्ने प्रयास गरेको प्रहरी चाकी रामेछाप डाँडाले जनाएको छ । घाँटीमा चोट लागेको दुवैजनाको जिल्ला अस्पताल रामेछापमा उपचार भैरहेको छ । नम्रता श्रेष्ठको घाँटीमा अलि बढी नै चोट लागेको छ भने प्रकाश श्रेष्ठको घाँटीमा समान्य चोट लागेको छ । अहिले दुवै जनाको अवस्था समान्य छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार