मन्थलीमा ट्याक्टर दुर्घटनामा बेपत्ता भएका चालक मृत अवस्थामा फेला

मन्थलीमा ट्याक्टर दुर्घटनामा बेपत्ता भएका चालक मृत अवस्थामा फेला

रामेछापको मन्थली नगरपालिका ७ स्थित मध्य लोकमार्गको आकाशे भन्ने स्थानमा ट्याक्टर दुर्घटनामा बेपत्ता ट्याक्टरका चालक मृत अवस्थामा भेटिएका छन । मन्थली नगरपालिका वडा नं.२ करमबोट बस्ने बर्ष २२ का ट्याक्टर चालक सरोज माझीको शव करिब ७५ मिटर तल तामाकोशी नदीमा भेटिएको रामेछाप प्रहरीले जनाएको छ ।

आज (आईतबार) दिउँसो १२ः३५ बजेको समयमा मन्थलीबाट भटौली तर्फ जादै गरेको ज १ त ८३१८ नं.को खाली ट्याक्टर सडकबाट अन्दाजी १०० मिटर तल तामाकोशी नदिमा खसेर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ट्याक्टरका सह–चालक रामेछापको खाँडादेवी गाउँपालिका ४ रजगाउँ बस्ने बर्ष १९ का रमेश माझी घाईते भएका छन । उनको निधारमा चोट लागेको छ । उनको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा उपचार भैरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार