रामेछाप र मन्थली नगरस्तरिय वातावरण संरक्षण सरोकार समाज गठन

रामेछाप र मन्थली नगरस्तरिय वातावरण संरक्षण सरोकार समाज गठन

वातावरण संरक्षण परियोजना रामेछापले मन्थली नगरस्तरिय वातावरण संरक्षण सरोकार समाज गठन गरेको छ । पुष्कर भट्टराईको अध्यक्षतामा ११ सदस्य मन्थली नगरस्तरिय वातावरण संरक्षण सरोकार समाज गठन गरिएको हो । यस्तै हरि कुमार कार्कीको अध्यक्षतामा ९ सदस्य रामेछाप नगरस्तरिय वातावरण संरक्षण सरोकार समाज गठन गरेको छ ।

रामेछाप र मन्थली नगरपालिकामा वातावरण संरक्षणको क्षेत्रमा योगदान गर्ने उद्देश्यका साथ वातावरण संरक्षण सरोकार समाज गठन गरिएको परियोजनाले जनाएको छ । मन्थलीमा भएको अन्तर सञ्जाल स्तरिय छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागिहरूले वातावरण संरक्षणको क्षेत्रमा महत्वपूर्ण काम गर्न सहयोग पुग्ने भन्दै वातावरण संरक्षण परियोजनाको सहजिकरणमा उक्त समाजको गठन गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार