मन्थलीमा ट्याक्टर दुर्घटना,चालक बेपत्ता,सहचालक घाईते

मन्थलीमा ट्याक्टर दुर्घटना,चालक बेपत्ता,सहचालक घाईते

रामेछापको मन्थली नगरपालिका ७ स्थित मध्य लोकमार्गको आकाशे भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको छ । आज (आईतबार) दिउँसो १२ः३५ बजेको समयमा मन्थलीबाट भटौली तर्फ जादै गरेको ज १ त ८३१८ नं.को खाली ट्याक्टर सडकबाट अन्दाजी १०० मिटर तल तामाकोशी नदिमा खसेर दुर्घटना भएको रामेछाप प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा ट्याक्टरका सह–चालक रामेछापको खाँडादेवी गाउँपालिका ४ रजगाउँ बस्ने बर्ष १९ का रमेश माझी घाईते भएका छन । उनको निधारमा चोट लागेको छ । उनको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा उपचार भैरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ट्याक्टरका चालक मन्थली नगरपालिका वडा नं.२ करमबोट बस्ने बर्ष २२ का सरोज माझी भने बेपत्ता छन । उनको खोजि भैरहेको प्रहरीले जानकारी दिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार