साथीलाई खुकुरी हानेर भागेका रामेछापका तामाङ पक्राउ

काठमाण्डौमा आफ्नै साथीलाई खुकरी हान्ने रामेछापका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । तार्केश्वर नगरपालीका वडा नम्बर ८ शेषमती लामबजार नजिक सामान्य विषयमा विवाद हुँदा दोलखाका सुवास तामाङलाई खुकुरी हान्ने रामेछाप लिखु तामाकोशीका शनि तामाङलाई प्रहरीले पक्राउ गरेको हो । साथीलाई खुकुरी हानेर भागेका शनि तामाङलाई पक्राउ गर्न खोज्दा उनले प्रहरी प्रभाग धर्मस्थलीका प्रहरी नायब निरीक्षक […]

वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सरकारलाई निर्वाचन आयोगको प्रस्ताव

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ । आसन्न निर्वाचनको तयारीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवासँग हिजो भेटघाट गरेको आयोगका पदाधिकारीले आउँदो वैशाख २० गते भित्रमा स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गरेको हो । आयोगले वैशाख १४ मा निर्वाचन गर्न सरकारसँग औपचारिक प्रस्ताब राखेको छ । यदि एकै चरणमा नभ्याईएको खण्डमा दोस्रो […]

स्थानीय तहको चुनाव गराउन जुट्यो निर्वाचन आयोग

निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जुटेको छ । २०७४ साल वैशाख, असार र असोजमा गरि स्थानीय तहको चुनाव भएको थियो । ५ वर्ष भित्रमा स्थानीय तहको चुनाव गरिसक्नुपर्ने कानुनी व्यवस्थाका कारण पनि आयोग समयमा नै चुनाव गराउने तयारीमा लागेको हो । काभ्रेको धुलिखेलमा पत्रकारहरूसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७९ साल वैशाख २० […]

शारदा संस्कृत मावि रामेछापले निशुल्क खाने,बस्ने व्यवस्था सहित कर्मकाण्ड पढाउँदै

रामेछाप जिल्लाको एक मात्र संस्कृत विद्यालय श्री शारदा संस्कृति माध्यमिक विद्यालयले संस्कृत भाषा अन्तर्गत निशुल्क कर्मकाण्ड पढाउने भएको छ । खाने,बस्ने व्यवस्था सहित निशुल्क कर्मकाण्ड पढाईने उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष शिवप्रसाद घिमिरेले बताउनुभयो । पछिल्लो समय पुरोहित पेशा र संस्कृत भाषा लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षणका लागी रामेछापमै पहिलो पटक निशुल्क कर्मकाण्ड […]

सालकको खपटा सहित रामेछापका दुई युवा पक्राउ

सालकको खपटा सहित रामेछापका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा अवैद्य रुपमा लुकाई राखेको ३६६ ग्राम सालकको खपटा सहित रामेछापको मन्थली नगरपालिका–४ च्याउकेठाँटी बस्ने वर्ष २६ का मनोज थापा र वर्ष २१ का अशोक थापालाई पक्राउ गरिएको प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो । उनीहरुले सालकको खपटा घरमा लुकाई राखेको […]

रामेछापमा आजदेखी बालबालिकालाई कोरोना विरुद्धका खोप लगाइदै

रामेछाप जिल्लाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको मोडर्ना खोप आजदेखी लगाउन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय रामेछापका प्रमुख शान्तिराम खतिवडाका अनुसार आजदेखी १० गतेसम्म जिल्लाका ८ वटै स्थानिय तहसँग सहकार्य गरेर सबै विद्यालयका बालबालीकालाई कोभिड १९ बिरुद्धको खोप लगान थालिएको उहाँले बताउनुभयो । कोरोनाबाट सुरक्षित रहन खोप नै उत्तम उपाय भएको […]

रामेछापमा पौष ७ गतेदेखी बालबालिकालाई खोप लगाईने

रामेछाप जिल्लाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको मोडर्ना खोप यहि पौष ७ गते देखी १० गते सम्म लगाईने भएको छ । स्वास्थ्य कार्यालय रामेछापका प्रमुख शान्तिराम खतिवडाका अनुसार जिल्लाका ८ वटै स्थानिय तहसँग सहकार्य गरेर सबै विद्यालयका बालबालीकालाई कोभिड १९ बिरुद्धको खोप लगाउने तयारी भइरहेको छ । कोरोनाबाट सुरक्षित रहन खोप नै […]

सरकारले २० जिल्लाका बालबालिकालाई फाइजर खोप अभियान सञ्चालन गर्ने

सरकारले २० जिल्लाका बालबालिकालाई फाइजर खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । पुस १३ गतेदेखि २२ गतेसम्म ८ जिल्लामा र बाँकी १२ जिल्लामा त्यसपछि खोप अभियान सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । ५७ जिल्लामा हिजोदेखि मोडर्ना खोप अभियान सञ्चालन भएकोमा बाँकी जिल्लामा चाहिँ फाइजर खोप दिन लागिएको हो । मन्त्रालयकाअनुसार पुस १३ गतेदेखि […]

आजपनि बालबालिकालाई कोरोनाविरुद्धको खोप मोडर्ना लगाइँदै

आजपनि १२ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाइँदैछ । हिजोबाट देशभरका ५७ जिल्लामा सुरु भएको कोरोनाविरुद्धको खोप अभियान आजपनि जारी छ । विशेषगरी १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई सरकारले हिजोबाट कोरोनाविरुद्धको मोडर्ना खोप लगाउन सुरु गरेको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाले आ–आफ्नो विद्यालयमा अनिवार्य खोप लगाउन आग्रह गरेको […]

काँग्रेसको मतगणना सकिन अझैँ दुईतीन दिन लाग्ने

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मत गनेर सकिने अझैँ दुईतीन दिन लाग्ने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा भएको महाधिवेशनमा गत मङ्सिर २७ गते मतदान भएको थियो । अझैँ पनि महिला, मधेसी महिला खुला केन्द्रीय सदस्य र प्रदेश लगायत क्षेत्रको मत गन्न बाँकी रहेको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताउनुभयो । […]