सङ्घीय सरकारको खर्च गत वर्षको पहिलो चौमासीकमा भन्दा ६ प्रतिशत बढी

सङ्घीय सरकारले पहिलो चौमासिक अर्थात कार्तिक मसान्तसम्ममा २ खर्ब ८७ अर्ब ५४ करोड खर्च गरेको छ । यो खर्च अघिल्लो आर्थिक वर्षको यही अवधिमा भन्दा ६ दशमलव ९ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको पहिलो चौमासिकमा २ खर्ब ६९ अर्ब ७ करोड सङ्घीय सरकारले खर्च गरेको थियो । सङ्घ सरकारले गरेको कुल खर्चमध्ये चालु […]

कोरोना सङ्क्रमित हुनेको दरबढ्दै

गत साताको तुलनामा यो साता कोरोना सङ्क्रमित हुने दर बढेको छ । यो साता ४९ हजार ५ सय ९५ पिसीआर परीक्षण गर्दा १ हजार ८ सय ६९ जनामा सङ्क्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले जनाएको छ । यो कुल परीक्षणको ३ दशमलब ८ प्रतिशत हो । गत साताको तुलनामा यो साता ० दशमलव ९ […]

एमाले रामेछापको अध्यक्षमा आनन्द र लवको उम्मेदवारी घोषणा

नेकपा एमाले रामेछापको अध्यक्षमा दुईजनाले उम्मेदवारी घोषणा गरेका छन । रामछापका एमाले नेता आनन्द श्रेष्ठ र लव श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका हुन । आनन्द कुमार श्रेष्ठ एमाले रामेछापका जिल्ला सचिव हुनुहुन्छ । यसअघि एमाले र माओवादीबीच एकता भएर बनेको तत्कालिन नेकपा भित्र आन्तरिक शक्ति संघर्ष चुलिएका बेला उहाँले अध्यक्ष भएर काम गर्नुभएको थियो । यस्तै […]

देशभर झण्डै ८ लाख नयाँ मतदाता थपिए

जो जहाँ छ त्यहिबाटै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था निर्वाचन आयोगले गरेपछि मतदाता नामावलीमा नाम दर्ता गराउनेहरू बढेका छन् । देशभर झण्डै ८ लाख नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयहरूमा अहिले मतदाता नामावली दर्ता गराउन चाहनेहरूको भिड छ, तर आवश्यक जनशक्तिको भने अभाव देखिएको छ । अहिले पालिका स्तर र जिल्ला निर्वाचन […]

महिला शिक्षकहरुलाई कानून तथा मनोसामाजिक परामर्श क्षमता विकास कार्यक्रम

रामेछापको रामेछाप नगरपालिकाले नगरका सबै विद्यालयमा अध्यापन गराउने महिला शिक्षकहरुलाई कानून तथा मनोसामाजिक परामर्श क्षमता विकास सम्बन्धी १ दिने तालिम दिएको छ । स्थानिय तहका विभिन्न कानून तथा मनोसामाजिक परामर्श सम्बन्धि विभिन्न कुराहरुको बारेमा महिला शिक्षकहरुलाई तालिम दिएको रामेछाप नगरपालिकाका कानूनी सल्लाहका लोकहरी दाहालले जानकारी दिनुभयो । उक्त कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले […]

अस्पताल विकास समितीको अध्यक्षबाट रोशन पाख्रिनको राजिनामा

जिल्ला अस्पताल विकास समितीको अध्यक्ष पदबाट रोशन पाख्रिनले राजिनामा दिनुभएको छ । आज जिल्ला अस्पताल रामेछापमा पत्रकार सम्मेलनको आयोजना गरी पाख्रिनले राजिनामाको घोषणा गर्नुभएको छ । उहाँले स्वास्थ्य मन्त्रालय बाग्मति प्रदेश हेटौँडालाई राजिनामा स्वीकृत गर्न राजिनामा पत्र पठाउनुभएको छ । पाख्रिनले राजिनामा पत्रमा लेख्नुभएको छ, “३ वर्षको अवद्यिमा अस्पतालको विकास,विस्तार र नागरीकहरुमा गुणस्तरीय स्वास्थ्य सेवा […]

रामेछापबाट माओवादी केन्द्रको केन्द्रीय सदस्यमा तीन जना निर्वाचित

नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा रामेछापबाट तीन जना निर्वाचित भएका छन् । नेकपा माओवादीको काठमाण्डौमा जारी ८ औँ महाधिवेशनबाट रामेछापका श्याम कुमार श्रेष्ठ, युवराज चौलागाईँ र लक्ष्मी गुरुङ निर्विरोध निर्वाचित भएका हुन् । श्रेष्ठ र चौलागाइँ खुल्लाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन भने गुरुङ जनजाति महिला तर्फबाट सदस्यमा निर्वाचित हुनुभएको हो । सदस्यमा निर्वाचित श्रेष्ठ […]

वडाबाटै योजना सम्झौता:रामेछाप नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत रामचन्द्र लामगादेसँगको अन्तरवार्ता

सिंह दरबारको झल्को गाउँ–गाउँमा दिने गरी रामेछाप नगरपालिकाले जनतालाई सेवा दिईरहेको छ । नगरपालिकाले नगरमा हुने योजना सम्झौता वडावडामै पुगेर गरिरहेको छ । योसँगै आफ्नो ठाउँका लागि छुट्याइएका योजना सम्झौता गर्न उपभोक्ता समितिले नगरपालिकाको केन्द्र धाउँनु पर्ने बाध्यता टरेको छ । वडा तहबाटै योजना सम्झौता गर्ने कार्य यो जिल्लामै पहिलो हो । जिल्लाका अन्य स्थानीय […]

रामेछाप मन्थलीमा स्रष्टा सम्मान तथा बृृहत सांस्कृतिक कार्यक्रम जारी (फोटोफिचर)

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा बृहत सांस्कृति कार्यक्रम जारी छ । हिजोदेखी सुरु भएको कार्यक्रम आज पनि जारी रहने बताइएको छ । रामेछाप सांस्कृतिक कलाकार समाजले स्रष्टा सम्मान तथा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । हिजो कार्यक्रमको उद्धघाटन सत्रमा विभिन्न स्थानिय तहबाट विभिन्न जातजातिको झाँकी प्रस्तुत गरिएको छ । मगर,तामाङ,सुनुवार,माझी परियार लगायतका जातिय भेषभुषा सहित […]

नेपाल शिक्षक सङ्घ रामेछाप नगरपालिकाको अध्यक्षतामा निमबहादुर श्रेष्ठ चयन

नेपाल शिक्षक सङ्घ रामेछाप नगरपालिकाको दोस्रो पालिका अधिवेशन सम्पन्न भएको छ । आज रामेछाप बजारमा भएको अधिवेशनले निमबहादुर श्रेष्ठको अध्यक्षतामा २६ सदस्य कार्यसमिती चयन गरेको छ । १. अध्यक्ष :-निमबहादुर श्रेष्ठ २.उपाध्यक्ष (म.) :-रमिता राई ३. उपाध्यक्ष :-रामकुमार घिमिरे ४.सचिव :-खिलबहादुर कार्की ५.सचिव अर्थ :-राजेश थापामगर ६.सहसचिव :-गुणराज पाेखरेल ७. सहसचिव (म.):-मुनाकुमारी श्रेष्ठ ८.सहसचिव अर्थ […]