दशैँका लागि नायाँ नोट भदौ २६ गतेदेखि साट्न पाइने

दशैंका लागि नयाँ नोट भदौ २६ गतेदेखि साट्न पाइने भएको छ । दशैं तथा तिहारमा सबैभन्दा बढी नयाँ नोट खपत हुने गरेकोले नेपाल राष्ट्र बैंकले सो समयमा नयाँ नोट साट्न दिने गरेको छ । राष्ट्र बैंकले यसवपर्ष २६ गते अघी नै बैंकहरूलाई नयाँ नोट पठाइसक्ने भएको छ । नयाँ नोट पठाएर एक साताभित्रै नयाँ नोट […]

बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

आज बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।हाल मनसुनको न्यून चापीय रेखासरदर स्थान भन्दा केही उत्तर तर्फ रहेकाले आज देशभर आंशिकदेखि सामान्य बदली हुने र प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको […]

रामेछापमा आधुनिकतासँगै तीज मनाउने चलन फेरिँदै

अघिल्लो दुई वर्ष कोरोना भाइरसका कारण तीज विशेष चहलपहल हुन नपाए पनि यस वर्ष तडक भडक बढी देखिएको छ । रामेछापमा १५ दिन अघिबाटै दर खान जाने, महङ्गा कपडा र गरगहना लगाउने, फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालका कारण पनि तीज परम्पराभन्दा भड्किलो र फरक देखिएको हो । विशेषगरि तीजमा छोरीचेली माइत जाने, मीठो मसिनो खाने, सुःख […]

आजदेखि मतदाता नामावली अद्यावधिक गर्न पाइने

निर्वाचन आयोगले आजदेखि मतदाता नामावली अद्यावधिक गर्दैछ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि आज सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले नामावलीमा रहेका त्रुटि सच्याउन, नामावलीमा प्रकाशित व्यक्तिको विवरणको विरोधमा उजुरी दिन साथै मतदाताको एकभन्दा बढी […]

नेपाल बिद्यालय कर्मचारी परीषदले एक हप्ता देशभरको सामुदायिक विद्यालय बन्द गर्ने

श्रम ऐनले तोकेअनुसार न्यूनतम पारिश्रमिक पनि सरकारले उपलब्ध नगराएको भन्दै देशभरका सामुदायिक विद्यालयका ४० हजार लेखापाल र कार्यालय सहयोगी आन्दोलित छन । केहि दिन अघिदेखी पारिश्रमिक बढाउन माग गर्दै काठमाडाँैमा आन्दोलन गरिरहेका उनिहरुले एक हप्ता देशभरका सामुदायिक विद्यालय बन्द गर्ने भएका छन । नेपाल बिद्यालय कर्मचारी परीषद राष्ट्रिय समितिले देशभरका सामुदायिक बिद्यालय एक हप्ता बन्द […]

बंगुरको पाठापाठी बिक्री नहुँदा रामेछापका किसान चिन्तित

बंगुरको पाठापाठी बिक्री नहुँदा रामेछापका किसान चिन्तित भएका छन । बंगुरपालनबाट राम्रो आम्दानी लिँदै आएका किसानले उत्पादन गरेको पाठापाठी बिक्री नहुँदा समस्यामा परेका हुन् । गतवर्ष ६ हजार सम्ममा बिक्री भएको बंगुरको पाठा यतिबेला ३ हजारमा पनि बिक्री नभएको हिमाल तराई बंगुर फर्म भालुखोपका संचालक इन्द्र तामाङले बताउनुभयो । स्थानीय तथा जिल्ला बाहिरका बजारहरुमा ६ […]

भंगेरी माविका शिक्षकलाई ल्यापटप,एसईई उतिर्ण विद्यार्थीलाई सम्मान

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ भंगेरीमा रहेको श्री मावि भंगरीले आज एक कार्यक्रमको आयोजना गरि एसईई उतिर्ण विद्यार्थीलाई सम्मान गरेको छ । २०७८ सालको एसईईमा उतिर्ण विद्यालयका ५३ जना विद्यार्थीहरुलाई विद्यालयले सम्मान गरेको हो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गौतम कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्दै वडा नं ८ का वडाअध्यक्ष सन्तोष […]

६८३ मेगावाटको सुनकोशी तेस्रो आयोजनामा लगानी गर्न बंगलादेश तयार

रामेछाप र काभ्रे जिल्लाको सीमानामा पहिचान भएको ६८३ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश तयार देखिएको छ । बंगलादेशको विद्युत, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको टोली र नेपालको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, विद्युत विकास विभाग तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीले सोमबार आयोजनाको प्रस्तावित निर्माणस्थल र […]

तामाकोशीमा बेपत्ता रामेछापका युवकको १७ दिनपछि शव भेटियो

दोलखाको बिगु गाउँपालिका– १ लामानगरस्थित दुगड जलविद्युत आयोजनाको कामदार चढेको डुंगा तामाकोशीमा पल्टिँदा बेपत्ता भएका रामेछापका एक युवकको शव भेटिएको छ । साउन २३ गते जलविद्युत आयोजनाको स्काभेटर बनाउने मिस्त्रीसहित ८ जना कामदार डुंगा चढेर गएका थिए । स्काभेटर मर्मत गरेर फर्किने क्रममा डुंगा रुखमा ठोक्किएर पल्टिँदा रामेछापको उमाकुण्ड गाउँपालिका–१ वाल्दिङ घर भई नासा हाइड्रोपावरको […]

तोकेअनुसार पारिश्रमिक माग गर्दै देशभरका ४० हजार लेखापाल र कार्यालय सहयोगी आन्दोलनमा

श्रम ऐनले तोकेअनुसार न्यूनतम पारिश्रमिक पनि सरकारले उपलब्ध नगराएको भन्दै देशभरका सामुदायिक विद्यालयका ४० हजार लेखापाल र कार्यालय सहयोगी आन्दोलनमा उत्रिएका छन् । आ–आफ्नो ठाउँमा बसेर आवाज उठाएका उनीहरू अहिले भने पारिश्रमिक बढाउन माग गर्दै काठमाडाँै केन्द्रीत आन्दोलन चलाइरहेका छन् । गत आर्थिक वर्षको बजेट वक्तव्यमा विद्यालय कर्मचारीको तलब मासिक कम्तिमा १५ हजार पु¥याउने उल्लेख […]