पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटाउने निर्णय गरेको छ । सरकारले पूर्वाधार कर घटाउने निर्णय गरेसँगै मूल्य घटेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव अनुरुप मूल्य […]

रामेछाप जिल्लाका लागि संघीय सरकारबाट २ अर्ब ६८ करोड विनियोजन

रामेछाप जिल्लाको आठ वटा स्थानीय तहको लागि संघीय सरकारले करिब २ अर्ब ६८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले आर्थिक बर्ष २०७९÷०८० को लागि संसदमा प्रस्तुत गरेको बजेट अनुसार रामेछाप जिल्लाको लागि २ अर्ब ६८ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो । आर्थिक बर्ष ०७९/०८० मा रामेछाप जिल्लामा केन्द्र सरकारद्वार बिनियोजित बजेट :  […]

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज दिउँसो २ बजे प्रस्तुत हुने

बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७९÷८० को निती तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम आज बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको हो । आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख यादव चन्द्र शर्माले संसदमा निती तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । मुुलुक […]

सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो

सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ । आर्थिक वर्ष २०७९÷८० को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसअघि दिँदै आएको मासिक दुई हजार रुपैयाँ भक्तालाई निरन्तरता दिँदै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको बताउनुभएको हो । योसँगै अब विभिन्न तहका कर्मचारीको तलब कम्तीमा ३५ सय २० रुपैयाँदेखि १० हजार दुई सय ६० […]

स्वास्थ्य क्षेत्रमा बजेट घट्यो, एक खर्ब तीन अर्ब विनियोजन

चालुु आर्थिक वर्षका लागि स्वास्थ्यमा एक खर्ब २२ अर्बभन्दा धेरै बजेट विनियोजन भएकोमा सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रको रकम घटाएको छ । एक खर्ब तीन अर्ब आठ करोड बजेट स्वास्थ्यमा विनियोजन भएको छ भने शिक्षाको बजेट बढाएर दुई खर्ब एक अर्ब ३८ करोड पु¥याइएको छ । आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा झण्डै […]

आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रमा ५५ अर्ब ९७ करोड बजेट

चालु आर्थिक वर्षका लागि कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरेको सरकारले आगामी आर्थिक वर्षमा ३३.३५ प्रतिशतले बढाएको छ । आगामी आर्थिक वर्षका लागि ५५ अर्ब ९७ करोड बजेट कृषिमा छुट्टाइएको हो । सरकारले सार्वजनिक गरेको बजेट अनुसार आगामी आर्थिक वर्षमा ‘किसानसँग सरकार’ कार्यक्रम सञ्चालन हुनेछ । आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै […]

नीति तथा कार्यक्रम आज पारित गर्ने तयारी

संसद्को दुवै सदनले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज पारित गर्ने तयारी गरेको छ । दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठकमार्फत नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश भएको वार्षिक नीति तथा […]

आज १ सय ३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १सय ३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘मर्यादित श्रम, सुरक्षित रोजगारः विकास र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ यो दिवस मनाइँदै छ ।सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस […]

रामेछापमा स्थानीय तह चुनावका लागि आवश्यक निर्वाचन सामग्री आइपुग्यो

रामेछापमा बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री आइपुगेको छ । जिल्लामा मतदान र मतदानस्थलमा प्रयोग हुने आवश्यक निर्वाचन सामग्री प्राप्त भएको निर्वाचन कार्यलयल रामेछापले जनाएको छ । स्थानीय तह निर्वाचमा प्रयोग हुने ५८ प्रकारका चुनावी सामग्री जिल्लामा आइपुगेको जिल्ला निर्वाचन कार्यालय रामेछापका कम्युटर अपरेटर सन्जय भण्डारीले जानकारी दिनुभयो । […]

रामेछापको लिखु तामाकोशी गाउँपालिकामा साढे १० करोडको योजनामा सवा ४ करोड भ्रष्टाचार

रामेछापको लिखु तामाकोशी गाउँपालिकामा जनप्रतिनिधि, ठेकेदार र कर्मचारीले १० करोडको योजनामा सवा ४ करोड रुपैयाँँ अनियमितता गरेको देखिएको छ । रामेछापको साविक दुरागाउँ, बिजुलीकोट र नागदह गाविस समेट्ने लिखु तामाकोसी गाउँपालिकाका वडा नम्बर १, ४ र ५ नम्बर वडामा विद्युतीकरण योजनाका लागि विनियोजित १० करोड ६१ लाख ९० हजार रुपैयाँँको बजेटमा ४ करोड २१ लाख […]