आगामी आर्थिक वर्षका लागि बागमती प्रदेशको बजेट बहुमतले पारित

आगामी आर्थिक वर्षका लागि बागमती प्रदेशको बजेट बहुमतले पारित

आगामी आर्थिक वर्ष २०७९÷८० का बागमती प्रदेश सरकारले प्रदेशसभाबाट बहुमतले बजेट पारित गरेको छ । आज बसेको प्रदेशसभा बैठकले असार १ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो ।

बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले पेस गर्नुभएको अर्थ सम्बन्धीको प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सर्वसम्मत र विनियोजन विधेयक, २०७९ बहुमतले पारित भएको थियो ।

बजेटको पक्षमा सत्तारुढ गठबन्धनका सांसदहरू उभिएका थिए । गठबन्धन हाल प्रदेशसभामा रहेका १ सय ७ प्रदेशसभा सदस्यमध्ये गठबन्धनसँग ५९ सदस्य छन् । प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ । जुन चालु आर्थिक वर्षकोभन्दा १३ अर्ब रुपैयाँले बढी हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार