जुनारको फल कुहाउने औंसा र सिट्रस ग्रिनिङ रोगको रोकथाम तथा नियन्त्रणबारे छलफल तथा र्याली

जुनारको फल कुहाउने औंसा र सिट्रस ग्रिनिङ रोगको रोकथाम तथा नियन्त्रणबारे छलफल तथा र्याली

प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन एकाइ मन्थली रामेछापले आज रामेछाप नगरपालिकाका जुनार खेती गर्ने कृषकहरुसँग छलफल गरेको छ । जुनारमा लाग्ने विभिन्न रोगहरु फल कुहाउने औंसा र सिट्रस ग्रिनिङ रोकथाम तथा नियन्त्रणका बारे जुनार कृषक तथा सरोकारवालासँग छलफल गरिएको हो ।

रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेको अध्यक्षता र जिल्ला समन्वय समिती रामेछापका प्रमुख चिना खड्का कार्कीको प्रमुख आतिथ्यतामा भएको छलफल कार्यक्रममा सहभागीहरुले जुनार खेतीको विकास र विस्तारमा स्थानिय सरकार र प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजनाले धेरै काम गरेको बताएका छन ।

रामेछाप जिल्लालाई चिनाउने फल जुनारमा केहि वर्ष अघि रोग किराले सताएको भएपनि अहिले रोग किरा नियन्त्रणमा आएको कृषकहरुले बताएका छन । उ क्त छलफल कार्यक्रममा प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन एकाइ मन्थली रामेछापका प्रमुख थिर लाल गैरेले जुनारमा लाग्ने विभिन्न रोगहरु फल कुहाउने औंसा र सिट्रस ग्रिनिङ रोगको रोकथाम तथा नियन्त्रणका बारेमा कृषकहरुलाई जानकारी गराउनुभएको थियो ।

उक्त कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती रामेछापका प्रमुख चिना खड्का कार्कीले रामेछापको जुनारले पछिल्लो समय राम्रो बजार पाएको बताउनुभयो । जिल्लामा उत्पादन भएको जुनार र जुनारको जुस कोसेलीको रुपमा धेरैले लैजाने गरेको उहाँको भनाई छ ।
रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले जुनारको पहिचान बोकेको रामेछाप नगरपालिकामा कृषकहरुलाई जुनार खेती तर्फ अग्रसर गराउन विभिन्न कार्यक्रमहरु सन्चालन हुँदै आएको बताउनुभयो । उहाँले व्यवसायिक रुपमा जुनार खेती गर्ने कृषकहरुलाई नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमार कार्की,वडा नं ६ का वडाअध्यक्ष राजेश तामाङ,रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे,कृषि ज्ञान केन्द्र रामेछापका प्रमुख निर्मला गुरुङ,पत्रकार महासंघका रामेछापका अध्यक्ष बद्रि नयाँघरे लगायतले आफ्नो भनाई राखेका थिए ।

उक्त कार्यक्रमको अवसरमा रामेछाप बजारमा कृषकहरुले जुनारको फल कुहाउने औंसा र सिट्रस ग्रिनिङ रोकथाम तथा नियन्त्रणको लागि सचेतना र्याली पनि निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार