पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल लिटरमा ८ रुपैयाँ तथा डिजेल र मट्टितेल लिटरमा १२÷१२ रुपैयाँ बढाएको हो । मूल्य बढेसँगै अब पेट्रोल लिटरको १७८ रुपैयाँ तिर्नुपर्नेछ । यस्तै डिजेल र मट्टितेलप्रतिलिटर १६५ रुपैयाँ पुगेको छ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्न भने बढाएको छैन । निगमले घाटामा गएको भन्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार